Accessibility Options


Skip to Navigation Skip to Content
Aug 17, 2016

प्रेस विज्ञप्ति: संचार सम्बन्धि आचार संहिता र अपांगताको सवाल समावेश सम्बन्धमा


मिति २०७३/०४/३१

श्री सभापति ज्यू,
नेपाल प्रेस काउन्सिल
तिलगंगा, काठमाडौं ।

श्री सभापति ज्यू,
नेपाल पत्रकार महासंघ,
एयरपोर्ट सडक, काठमाडौं ।

विषयः संचार सम्बन्धि आचार संहिता र अपांगताको सवाल समावेश सम्बन्धमा ।

प्रस्तुत बिषयमा समाजलाई सकरात्मक परिवर्तनतर्फ उन्मुख गराउन राज्यको प्रमुख दायित्व भएको र त्यसमाथि पनि महिला, जनजाति, आदिबासि, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्तिहरुप्रति समाजमा सकरात्मक सोच र परिवर्तन ल्याउन राज्यको सामान्य दायित्व हो भने नागरिक समाज र पत्रकार जगतको यसमा ठुलो भूमिका रहेको हुन्छ । अपाङ्गता सम्बन्धी समाचार सम्प्रेसनका सबालमा र अपाङ्गता भएका व्यक्तिहरुलाई संबोधन गर्ने क्रममा अमर्यादित र अनुपयुक्त शब्दावलीहरुको प्रयोग दैनिक जीवनमा भईरहेको छ । यहाँ सम्म कि कुनै कुरा विग्रीयो वा भत्कियो वा नराम्रो भयो वा आफूले भने जस्तो भएन भने हाम्रो समाज, समुदाय वा विभिन्न पेशा र वर्गका मानिसहरुले बिना कुनै हिचकिटाहट अपाङ्गता विषयलाई बदनियत ढंगले प्रयोग गर्ने गर्दछन् । यो सरासर गलत छ र अपाङ्गता भएका ब्यक्तिहरुको आत्मसम्मानमा ठेस पुग्ने काम भएको छ । यती मात्र नभई कुनै ठट्टा गर्नु परेमा, कोहि कसैलाई खिल्ली उडाउनु परेमा वा हासो र मजाकको विषय बनाउनु परेमा पनि अपाङ्गता विषयलाई गलत तरिकाले प्रयोग गर्ने गरिन्छ र यी र यस्तै विषयहरुले संचार माध्ययमका पानाहरु पनि भर्ने गरेको पाईन्छ । यसको मतलब सबै व्यक्तिहरु र संचार माध्ययमहरुले माथिकै तवरले कार्य गरेका छन् भन्ने होईन । किनभने नेपालमा केहि पेशागत व्यक्तिहरु र संचार माध्ययमहरुले अपाङ्गता विषयलाई सहि, सम्मानजनक एवं संबेदनशील तरिकाले प्रस्तुत पनि गर्ने गरेका छन् । यद्यपी धेरै जसो संचार माध्ययम र जनसमुदाय र नीति निर्माताहरुमा अपाङ्गताको विषयलाई शैक्षिक, संचार र कानूनी सबालहरुमा प्रस्तुत गर्दा अत्यन्तै अपमानजनक र विभेदकारी तरिकाले प्रयोग गर्ने गरिन्छ ।

अपाङ्गताको क्षेत्रमा कार्य र समग्र आन्दोलन केहि अपबादहरुलाई छाडेर अहिले पनि शुरुको अवस्थामा रहेको छ । यसको मतलब नेपालमा अझै धेरै गर्नु छ जसका लागि सरकारी, गैर सरकारी र संचार माध्ययमहरु बिच निक्कै ठूलो सहकार्यको आवश्यक्ता रहेको छ । अपाङ्गता विषय र सो संग संबन्धित विषयहरुमा समाचार बनाउदा उपयुक्त शब्दावली वा उखान टुक्क प्रयोग गर्ने भन्ने विषयमा नेपालका संचार माध्ययहरु र डिपिओहरुको सहकार्यमा धेरै काम गर्नु बान्छनीय देखिन्छ । हामीलाई के लाग्दछ भने अपाङ्गताको विषयलाई सहि र उपयुक्त तरिकाले प्रस्तुत गर्ने विषयमा संचार माध्ययमको अहम भुमिका रहन्छ । अपाङ्गता भएका व्यक्तिलाई संबोधन गर्ने र अपाङ्गताको सबाललाई गैर भेदभावपूर्ण तरिकाले प्रस्तुत गर्ने सिलसिलामा पक्षपातरहित शब्दावली वा सहि शब्दावलीको प्रयोग गर्नु आवश्यक रहेको छ ।

मस्यौदाको क्रममा रहेको आचारसंहिताको प्रमुख उद्धेश्य भनेको अपाङ्गता विषय र अपाङ्गता भएका व्यक्तिको बारेमा प्रतिवेदन बनाउँदा, संचार माध्ययममा समाचार बनाउँदा, संचार माध्ययममा श्रव्यदृष्यका सामाग्री बनाउँदा, अपाङ्गताको विषयलाई जनमानसमा प्रस्तुत गर्दा सहि र उपयुक्त शब्दावलीको प्रयोग होस् भन्ने हो ताकि अपाङ्गता विषय र अपाङ्गता भएका व्यक्तिको बारेमा सबालहरुलाई र विषयहरुलाई बस्तुगत र बैज्ञानीक तरिकाले प्रस्तुत हुन सकून् ताकि सदिऔँ देखि अपाङ्गता भएका व्यक्ति प्रति समाजमा रहेका सोचहरु, उक्त सोचका अवयवहरु र उक्त सोचको कारणले निर्देशीत बोली र व्यहारहरु क्रमश निबारणको दिशामा उन्मुख हुदै जान सकून् र प्रकारान्तरमा अपाङ्गता र अपाङ्गता भएका व्यक्तिलाई व्यक्ति, समुदाय र समाजले उपयुक्त र सहि तरिकाले प्रस्तुत गरुन् ।

शिघ्र संचार सम्बन्धी आचार संहिता तयारी हुन लागेको हुँदा अपाङ्गता भएका व्यक्ति प्रति समाजमा प्रयोग हुँदै आएको अमर्यादित शव्दावलीहरुलाई विशेष ध्यानमा राखी कुनै पनि अपाङ्गताको विषयमा समाचार सम्पादन हुँदा अपाङ्गता भएका व्यक्तिहरुको व्यक्तिगत र सामाजिक जीवनमा आँच आउने खालका सामाग्रीलाई प्रोत्साहान बिधेयकबाट ने नदिने राष्ट्रिय अपाङ्ग महासंघ यहाँसमक्ष विशेष ध्यानाकर्षन गर्दछ । यसर्थ नयाँ बन्न लागेको संचार सम्बन्धि आचार संहितामा अपांगता भएका ब्यक्तिहरुका समावेश गर्नुपर्ने सवालहरु यसैसाथ संलग्न राखी पेश गरेका छौ, छुट्टै धाराको रुपमा समावेश गराइदिन हुन सादर अनुरोध गर्दछु ।

 

सुदर्शन सुवेदी
अध्यक्ष

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.