Accessibility Options


Skip to Navigation Skip to Content
Oct 18, 2016

प्रेस विज्ञप्ति: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनमा संसदमा छलफल सुरू


मिति २०७३ साल कार्तिक २ गते (१८ अक्टुवर २०१६)

विगत केहि समयदेखि व्यवस्थापिका संसदमा छलफलको लागि सुचीमा रहेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी विधेयक २०७२ माथि आजदेखि संसदमा औपचारिक छलफल सुरू भएको छ ।

प्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री श्री पुष्पकमल दहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री अजयशंकर नायकले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको उक्त विधेयक संसदमा विचार गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएपछि उक्त प्रस्ताव पारित भई सो छलफल सुरू भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको अनुमोदन गरिसकेपछि उक्त अन्तराष्ट्रिय कानुनको कार्यान्वयन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अगुवाइमा अपाङ्गता भएका व्यक्ति तथा सरोकारवालाहरूले निरन्तर दवाव दिएपछि सरकारले अपाङ्ग संरक्षण तथा कल्याण ऐन २०३९ लाई पुनर्लेखन गरि महासंधी अनुकुल हुनेगरि नयाँ कानुन बनाउने प्रकृया थालेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयनको लागि प्रभावकारी भूमिका खेल्ने अपाङ्गता सम्बन्धी मूल कानुन भएकोले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत अपाङ्गता भएका व्यक्ति, अधिकार कर्मी र सबै सरोकारवालाहरूले यो ऐनलाई निकै व्यग्रताका साथ पर्खिरहेका छन् । त्यसैले  सभासद, संसद सचिवालय लगायत सबै सम्बन्धित निकायहरूसँग चाँडो भन्दा चाँडो यो ऐन पारित गराउन आ-आफ्नो तर्फबाट प्रभावकारी भूमिका खेलिदिनुहुन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अपिल गर्दछ ।

 

सुदर्शन सुवेदी

केन्द्रीय अध्यक्ष       

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.