Accessibility Options


Skip to Navigation Skip to Content
Aug 31, 2017

स्थापना दिवस सम्बन्धी धन्यवाद पत्र


मितिः २०७४ भदौ १५ गते

राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध सदस्यहरू,
सम्पूर्ण अपाङ्गता भएका व्यक्ति,
साझेदार तथा सरोकारवाला निकाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनी ।

नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै र अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २५ औँ बर्षमा मा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा महासंघ परिवार सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

महासंघ स्थापना कालदेखी नै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण प्रवर्द्धनका खातिर निरन्तर क्रियाशिल रहँदै आएको एकमात्र राष्ट्रिय छाता संस्था हो । आफ्नो २५ वर्षे यात्रामा हामीले धेरै राम्रा उपलब्धीहरू हासिल गरेका छौँ । सी.आर.पी.डी.को अनुमोदन, अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समय सापेक्ष परिवर्तन, नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिका सवालको समावेशीकरण, सी.आर.पी.डी.को कार्यान्वयनका लागि अपाङ्गता अधिकार ऐनको २०७४ को प्राप्ती, पहुँचयुक्त भौतिक संरचना सम्बन्धी निर्दिशका र मापदण्ड, समावेशी शिक्षा नीति लगायतका महत्वपूर्ण नीतिहरू ल्याउँन यहाँहरूको साथ सहितको हाम्रो भूमिका ज्यादै संघर्षपूर्ण र महत्वपूर्ण रह्यो ।   

तर उपरोक्त नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि राज्यलाई जिम्मेवार बनाउन हामीले अझै धेरै गर्न बाँकी छ । त्यसैले २५ औँ रजत बर्षलाई नीतिहरूको कार्यान्वयनमा केन्द्रित गरी महावकालत बर्षका रुपमा मनाउन एक बर्षे महावकालत अभियान सुरु गरिएको छ । यस प्रयासमा देशका १०० भन्दा बढी सरकारका स्थानीय तह र संघमा ३० वटा विभिन्न सरकारी मन्त्रालय, विभाग तथा निकायहरुमा गई २०७४ भाद्र १५ गते ११:३० बजे एकैपटक एकै समय सबै निकायमा अपाङ्गताका विभिन्न जल्दावल्दा सवालहरूमा छलफल सम्पन्न भएको छ । यो सुरूवात मात्र हो र यसलाई हामी निरन्तर र व्यापक बनाउनेछौँ र छिटै हाम्रा बर्ष भरीका अभियानका कार्यक्रम सार्वजनिक गर्दैछौँ । तसर्थ नीति तथा कानुनहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन महासंघले चालेको यो पहिलो कदमलाई साथ दिनुहुने सबै सरोकारवालाहरुलाई धेरै धेरै धन्यवाद दिँदै वर्षभरीनै विभिन्न कार्यक्रमहरूलाई अझ प्रभावकारी र दिगो सहकार्य गर्न सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौ ।

 

सुदर्शन सुवेदी
अध्यक्ष
तथा महासंघ परिवार

(महासँघ द्वारा जारी गरिएको यो पत्रको स्क्यान कपी हेर्नुहोस्)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.