Accessibility Options


Skip to Navigation Skip to Content
Nov 19, 2015

अपाङ्गता भएका ब्यक्तिकालगी ग्यास पेट्रोलको सहजता गराउन माग गर्दै आपुर्तिमन्त्रीसंग भेट


३ मंसिर २०७२

काठमाण्डौ ।

प्रेस विज्ञप्ती

विषयः अपाङ्गता भएका ब्यक्तिकालगी ग्यास पेट्रोलको सहजता गराउन माग गर्दै आपुर्तिमन्त्रीसंग भेट

राष्ट्रिय अपाङ्ग महासंघको नेतृत्वमा आज आपुर्ति मन्त्री श्री गणेशमान पुनलाई भेटी अपाङ्गता भएका ब्यक्तिहरुलाई ग्यास पेट्रोलको सहता गराउन ध्यानाकर्षण पत्र हस्तान्तरण गर्यो ।

Shudarson Subedi handing appeal from NFDN to Minister Ganesh Man Punतस्बीर क्यापसन: राष्ट्रिय अपाङ्ग महासँघका अध्यक्ष श्री सुदर्शन सुवेदी अापुर्ती मन्त्री पुनलाई ज्ञापन पत्र बुझाउनु हुँदै।

हालै भारतबाट एकतर्फि रुपमा पेट्रोलियम पदार्थ लगाएतका समाग्रीहरु नेपाल आउन रोक लगाएको कारणले देशमा जुन असहज परिस्थिति श्रृजना भएको छ । यस सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ ।देशमा भएको यस्तो असहज परिस्थितिमा पनि सरकारले ग्यास लगायत पेट्रोलियम पदार्थ वितरण गर्न गरेको प्रयास प्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछु ।

हाल खान पकाउने ग्यास जे जति आएको छ सो को बितरण प्रकृया सहजता नभएको हुदा बिशेष गरि अपाङ्गता भएका ब्यक्तिहरुले सहजै रुपमा ग्यास पाउन नसक्दा भोकभोकै बस्न बाध्यभएको कुरा संचारमाध्यममा आएको बिधितै छ । अपाङ्गता भएका व्यक्तिहरुलाई लाईनमा वसेर पेट्रोल ग्यास लिन साह्रै असहज र असुविधा भएको गुनासो राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा दिनहु आइरहेको हुदा अपाङ्गता भएका व्यक्तिहरुको हकमा "अपाङ्गता परिचयपत्र" को आधारमा ग्यास पेट्रोल र डिजेल उपलव्ध गराउने व्यावस्था मिलाउन अनुरोध गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा अपाङ्गता क्षेत्रका अगुवा र ग्यस नपाएर पिडामा परेका अपाङ्गता भएका ब्यक्तिहरुसहित आपुर्ति मन्त्रि श्री गणेशमापुन ज्युलाई भेटी मन्त्रि ज्युकै कार्य कक्षमा ध्यानाकर्षण पत्र बुझायो र पत्र बुझ्दै आपुर्ति मन्त्री गणेश मान पुनले यस कठिन अवस्थामा अपाङ्ता ब्यक्तिलाई बिशेष ब्यवस्था गर्ने आश्वासन दिनु भयो ।

अपाङ्गता भएका ब्यक्तिहरुको समस्याको संवेशनशिलतालाई मध्यनजर गरि सरकारले बिशेष ब्यवस्था गर्नेछ र मन्त्रीज्यको प्रतिवद्धता पालता हुनेछ भन्नेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बिश्वास गर्दछ ।

अध्यक्ष

सुदर्शन सुवेदी

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.