Accessibility Options


Skip to Navigation Skip to Content
Dec 3, 2015

अपाङ्गता भएका व्यक्तिहरूको २४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश


अपाङ्गता भएका व्यक्तिहरुका हकअधिकारप्रति सम्मान गर्दै यसतर्फ सम्पूर्ण वर्गको ध्यान आकृष्ट गर्न विविध कार्यक्रमहरुको आयोजना गरी आज नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको २४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । "अर्थपूर्ण समावेशीकरण सबै क्षमताका व्यक्तिका लागि पहुँच र सशक्तिकरण"भन्ने मूलनाराका साथ मनाउन लागिएको यस दिवसको उपलक्ष्यमा सर्वप्रथम म अपाङ्गता भएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइतथा क्षेत्रमा कार्यरत सरकारी एवं गैरसरकारी सङ्घ संस्थाहरू र व्यक्तिहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालले संयुक्त राष्ट्र सङ्गीय महासन्धि, २००६ एवं यसको इच्छाधीन आलेखलाई समेत अनुमोदन गरी अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकारमुखी अवधारणाबाट हेर्नुपर्दछ भन्ने मान्यतालाई अङ्गीकार गर्ने नीति लिएको छ । उक्त व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, २०७२ व्यवस्थापिका संसदमादर्ता भएको छ । २०७२ असोज ३ गतेजारी भएको सम्मानजनक ढंगबाट सम्बोधन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि अवरोधमुक्त वातावरण उपलब्ध गराउन पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ कार्यान्वयनमा आएकोले यसको पूर्ण कार्यान्वयन गरी भौतिक संरचना तथा सार्वजनिक सूचनाहरू तथा प्रसारण गरिने सूचनालाई अपाङ्गता भएका व्यक्तिले प्रयोग र उपयोग गर्ने गरी निर्माणमा सहयोग पुयाउनु हागी सबैको साझा दायित्व हो ।
२०७२ सालको विनाशकारी भूकम्पबाट अपाङ्गता भएकाव् यक्तिहरूको संख्या थप भएको छ भने धेरै त्यस्ता व्यक्तिहरू प्रभावित भएका छन् । त्यसैले भूकम्पपश्चात् पुनर्निर्माण र नवनिर्माण हुने भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउनु अति आवश्यक छ । अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ लाई समसामयिक बनाउने सन्दर्भमा परिमार्जन गरी अन्तिम मस्यौदा तयार भएको छ ।
अपाङ्गताको गम्भीरता र जटिल प्रकृतिअनुसार धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइ गरिबीको अवस्थामा अवस्था आँकलन प्रतिवेदन, समावेशी शिक्षा र स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रमहरूमा समावेश गरी समावेशी र दिगो विकासको मूल रणनीतिको रूपमा मूल प्रवाहीकरण गर्न नेपाल प्रयत्नरत रहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई मानवअधिकार तथा आधारभूत स्वतन्त्रताहरुको पूर्ण उपभोग गर्न र सक्षम तुल्याउन शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक अधिकार समेतका क्षेत्रमा सशक्तीकरणगर्दै सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदहरुमा सहज पहुँच पुयाउन सबै सरोकारवाला निकायहरूले विशेष जोड दिएकाछन् । बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारमा सहजपहुँच पुयाउन साङ्ग्रेतिक भाषालाई नेपालको राष्ट्रिय भाषाको मान्यता दिलाउन जोड दिइएको छ । सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच स्थापित गरी सीमित श्रोत र साधनको अधिकतम परिचालनबाट सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण दिलाउन नेपाल प्रयत्नरत रहेको छ । आजको यस दिवसले अपाङ्गता क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अपाङ्गता क्षेत्रमा एकीकृत रुपमा समावेशी कार्यक्रमका माध्यमबाट उनीहरूलाई सशक्तीकरण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !
२०७२ मंसिर १७

..............................
के.पी. शर्मा ओली
प्रधानमन्त्री

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.