Accessibility Options


Skip to Navigation Skip to Content
Dec 3, 2015

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले २४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश


"अर्थपूर्ण समावेशीकरण सबै क्षमताका व्यक्तिहरुका लागि पहुँच र सशक्तीकरण" भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा मनाउन लागिएको २४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने अपाङ्गता भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइ एवं यस क्षेत्रमा क्रियाशील सरकारी-गैरसरकारी संघसंस्था तथा अपाङ्गता भएका व्यक्तिका अभिभावक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने सामाजिक दृष्टिकोणमा अझैपनि सुधार आइसकेको छैन । अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन आत्मसम्मान एवं अधिकार सहितको जीवनको सुनिश्चितता गरी विकासको मूलप्रवाहमा ल्याउनु आजको आवश्यकता हो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने कल्याणकारी अवधारणा अधिकारमूखी अबधारणामा रुपान्तरण भएको वर्तमान अवस्थामा हालै जारी भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक, राजनीतिक र आर्थिक अधिकारको सुनिश्चितता गरी अपाङ्गता भएका व्यक्तिहरुमा नयाँ ऊर्जा थपिदिएकोले अब सरकारले आवश्यक कानून निर्माण गरी अपाङ्गेता भएका व्यक्तिको हकहितलाई सुनिश्चित र सुरक्षित गर्दै सरोकारवाला सबै पक्षले ती अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको अनुमोदन गरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनलाई सम्मानित र मर्यादित बनाउन तथा समाजमा स्वाभिमानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय कानून अनुकूल राष्ट्रिय कानून निर्माण गर्ने कार्यलाई नेपाल सरकारले जारी राखेको छ । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी, जीविकोपार्जनलगायतका सेवासुविधामा स्थानीय तहमा नै पहुँच पुयाउन समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमहरुलाई पचहत्तर जिल्लामा कार्यान्वयन गर्दै आएको अवस्थामा उनीहरुलाई परिवार एवं समुदायमा नै पुनस्र्थापित गरी आधारभूत मानव अधिकारको उपभोग गर्ने वातावरण तयार गर्नु हामी सबैको साझा कर्तव्य हो ।

यस दिवसले अपाङ्गता भएका व्यक्तिहरु, सरकार, यस क्षेत्रमा क्रियाशील सर्घसंस्थाहरु एवं अपाङ्गता भएका व्यक्तिका अभिभावक समूह, नागरिक समाज र विकासका साझेदार, पत्रकार वर्ग लगायत यसमा आवद्ध सम्पूर्ण पक्षलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वाससहित सबैको सामूहिक प्रयासबाट अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने परम्परागत दृष्टिकोणलाई परिवर्तन गरी उनीहरुको आत्मसम्मान सहितको मर्यादित जीवन सुनिश्चित गर्न सकियोस भन्दै सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


धन्यवाद -

२०७२/८/१७ गते विहिबार

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.