Accessibility Options


Skip to Navigation Skip to Content
Dec 3, 2015

अपाङ्गता भएका व्यक्तिहरूको २४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा माननीय मन्त्रीज्यूको शुभकामना सन्देश


नेपाल सरकार
माननीय चन्द्रप्रकाश (सि.पी) मैनाली
उप-प्रधानमन्त्री
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री

निजी सचिवालय,
सिंहदरवार, काठमाडौँ ।
 
"अर्थपूर्ण समावेशीकरणः सबै क्षमताका व्यक्तिहरूका लागि पहुँच र सशक्तीकरण" भन्ने मूल नाराका साथ आज नेपालमा मनाउन लागिएको अपाङ्गता भएका व्यक्तिहरुको २४ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा अपाङ्गता भएका व्यंक्तिहरू, यस क्षेत्रमा क्रियाशील संघ संस्था तथा सबै नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, २००६ लाई नेपाल सरकारले सन् २००९ मा अनुमोदन गरिसकेको हुँदा यस महासन्धिलाई कार्यान्वयन गर्न महिला, बालबालिका तथा समाजकल्याणमन्त्रालय निरन्तर लागि परेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई कल्याणकारी दृष्टिबाट हेर्ने नीतिमा परिवर्तन गरी अधिकारवादी दृष्टिकोणअनुरुप अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुनलाई संशोधद् र एकीकरण गर्न बनेको विधेयक, २०७२ व्यवस्थापिका संसदमा दर्ता भएको छ साथै अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ लाई पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । तत्काल जारी भएको नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सहभागिता सुनिश्चित गरेको छ ।
 
अपाङ्गता भएका व्यक्तिहरुका लागि ७५ जिल्लामा नै सञ्चालित सुमदायमा आधारित पुनस्र्थापना कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने नीति लिएको छ। अपाङ्गता भएका व्यक्तिहरुको सही पहिचान गरी सेवा सुविधामा एकरुपता ल्याउन परिचयपत्र वितरण निर्देशिकाको पुनरावलोकन कार्य शुरू गरिएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि आवासीय पुनस्र्थापन केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार भई बेसाहारा पूर्ण तथा अति मस्यौदा तयार भएको छ । यसका साथै अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्रीको स्वदैशमै उत्पादन गर्ने कार्यलाई प्रवर्द्धन गर्न र सहायक सामग्रीहरुको वितरणमा एकरुपता ल्याउन एवं सहज रुपमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचसम्म सुनिश्चित गर्न जोड दिइएको छ। अपाङ्गता भएका व्यक्तिहरुका लागि अवरोधमुक्त वातावरण उपलब्ध गराउने उद्देश्यले विश्चस्तरीय मापदण्डअनुरुप अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ समेत कार्यान्वयनमा रहेको व्यहोरा जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ । नीतिगत एवं कानुनी व्यवस्थाद्वारा सेवा, सुविधा सहजरुपले वितरण गर्न सरकार प्रयत्नशील छ । राष्ट्रिय जीवनका सबै पक्षमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशी समानुपातिक सहभागिताको सुनिश्चितता प्रदान गर्न सरकारलाई सबै पक्षको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै २४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यस क्षेत्रमा क्रियाशील व्यक्ति, संघ संस्थाहरुले पु-याउँदै आएको योगदानको हार्दिक सरहाना गर्दै अपाङ्गता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

धन्यवादः
मिति २०७२/ ८/१७

.....................

चन्द्रप्रकाश मैनाली

मन्त्री

(माननीय मन्त्री ज्युबाट जारी शुभकामना सन्देशको स्कान कपी डाउनलोड गर्नुहोस।)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.