Accessibility Options


Skip to Navigation Skip to Content
Sep 18, 2017

प्रत्यक्ष रूपमा नदेखिने प्रकृतिका अपाङ्गता विषयमा २ दिने तालिम सम्पन्न


कार्यक्रमका सहभागीहरूको तस्बिर। साथमा बहिरा व्यक्तिहरूको सहजताका लागी सांकेतिक भाषाकी दोभाषे पनि सक्रिय।

तस्विर विवरण: कार्यक्रमका सहभागीहरूको तस्बिर। साथमा बहिरा व्यक्तिहरूको सहजताका लागी सांकेतिक भाषाकी दोभाषे पनि सक्रिय।

डि.पी.ओ.डी. डेनमार्कको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि जिल्लामा कार्यरत सदस्य संस्थाका प्रतिनिधिहरूलाई नदेखिने प्रकृतिका अपाङ्गताको वारेमा २ दिने तालिम सम्पन्न गरियो । १४ र १५ सेप्टेम्वर २०१७ मा काठमाडौमा सम्पन्न उक्त तालिममा २८ वटा सदस्य संस्थाका २३ जना महिला सहित जम्मा ४० जना सहभागीहरूले भाग लिए । तालिममा नदेखिने प्रकृतिका अपाङ्गता मध्ये पनि बौद्धिक अपाङ्गता (Intellectual Disabilities), मनोसामाजिक अपाङ्गता (Psychosocial Disability), डाउनस् सिन्ड्रोम (Down's Syndrome), अटिजम (Autism) को वारेमा विभिन्न सम्बन्धित विज्ञहरू मार्फत जानकारीहरू दिइएको थियो । साथै तालिममा यस्तो प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका समस्या, चुनौति र स्थानीय स्तरमा तिनलाई कसरी सम्बोधन गराउने भन्ने वारेमा पनि छलफल गरिएको थियो । सदस्य संस्थाका प्रतिनिधिहरूले यस्ता नदेखिने प्रकृतिका अपाङ्गता भएका व्यक्तिका सवालहरूमा स्थानीय तहमा आवश्यक पैरवी गरी समस्या समाधानमा योगदान पुर्‍याउन सकुन भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको हो । तालिममा भाग लिएका सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा गएर माथि उल्लेखित नदेखिने प्रकृतिका अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाहरूमा पहुँच अभिवृद्धि गर्न थप प्रभावकारी रूपमा काम गर्नेछन् भन्ने माहासंघले अपेक्षा लिएको छ ।

कार्यक्रमकी एक सहजकर्ता आफ्नो प्रस्तुती दिनु हुदै।

तस्विर विवरण: कार्यक्रमकी एक सहजकर्ता आफ्नो प्रस्तुती दिनु हुदै।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.