Accessibility Options


Skip to Navigation Skip to Content
Jun 16, 2017

सामुदायिक विद्यालयबाट SEE परिक्षामा सहभागी विद्यार्थीहरूकालागी कक्षा ११ र १२ अध्यनका गर्न छात्रवृतिको आवेदन सम्बन्धी शिक्षा विभागको सुचना


सामुदायिक विद्यालयबाट एसइइ (SEE) परीक्षामा सहभागी विद्यार्थीहरूबाट शैक्षिक सत्र २०७४/०७५ का लागि विद्यार्थी छत्रवृत्ति बैड्कअन्तर्गत कक्षा एघार र बाहमा अध्ययनका लागि छात्रवृत्तिको आवेदन आहवान सम्बन्धी जरूरी सूचना

गरिवीको रेखामुनी रहेका जेहेन्दार, अपाङ्ग, दलित, आदिवासी जनजाति, सहिद एवम् वेपत्ता परिवारका छोराछोरी, जनआन्दोलन तथा मधेश आन्दोलनका घाइते र दुर्गम तथा पिछडिएको क्षेत्रका विद्यार्थीहरूलाई छात्रवृत्ति बैंक कार्यक्रमअन्तर्गत कक्षा एघार र वाहमा निःशुल्क पठनपाठनका लागि विगत वर्षहरूमा जस्तै यस वर्ष पनि उपयुक्त वर्गका आधारमा छनोट भएका विद्यार्थीहरूलाई कक्षा एघार र बाह्र अध्ययन हुने विद्यालय/क्याम्पसमा सिफारिस गरी पठाइने भएको हुँदा सामुदायिक मा.वि.हरूबाट मात्र SEE परीक्षामा सहभागी भई न्यूनतम औषत स्तरीकृत अङ्क (GPA) १.६ प्राप्त गरेका माथि उल्लिखित वर्गका विद्यार्थीलाई कक्षा एघार र बाहमा निःशुल्क अध्ययनको लागि शिक्षा विभागले तोकेको आवेदन फाराम भरी उक्त फाराममा सम्बन्धित विद्यालयको प्र.अ. र सम्भव भएसम्म जिल्ला शिक्षा अधिकारीको सिफारिस सहित तपसिलअनुसारका कागजातहरू संलग्न गरी २०७४ साल असार २० गतेभित्र तोकिएको जिल्लास्थित कार्यालयहरूमा छात्रवृत्ति आवेदन फाराम बुझाउनु हुन सम्बन्धित सरोकारवालाहरूका लागी यो सुचना प्रकासित गरिएको छ। म्याद नाघी र भर्ना भएपछि आवदेन दिन आएका आवदेन उपर कुनै कारवाही हुने छैन।

  • छात्रवृति का लागि समयमा नै छात्रवृतिको आबेदन फाराम भर्न आफ्ना सम्बन्धित जिल्ला कार्य समितिलाई निर्देशन दिनुहुन अपाङ्ग,दलित र जनजातिका सङ्घ संस्थाहरूलाई समेत अनुरोध गरिन्छ।
  • यस शैक्षिक शत्र २०७४/७५ को कक्षा एघारमा बिद्यार्थी भर्ना गर्दा सम्बन्धित जिल्ला शिक्षा कार्यलय बाट सिफारिस भई आएका छात्राछात्रलाई निःशुल्क छात्रवृत्तिका लागि अनिवार्य रूपमा भर्ना गर्न कम्तीमा ३ प्रतिशत सिट सुरक्षित राख्नुहुन सम्पूर्ण कक्षा एघार र बाह्र कक्षा सञ्चालित माध्यमिक विद्यालय/क्याम्पसहरूलाई समेत जानकारीका लागि अनुरोध गरिन्छ।
  • विज्ञान विषय समूह अध्ययन गनका लागि एसइड परीक्षाकी नतिजामा औषत स्तरीकृत अड्क (GPA) न्यूनतम २.० प्राप्त गरी अङ्ग्रेजी विषयमा सैद्धान्तिकमा न्यूनतम C (सी) ग्रेड, विज्ञान र गणित विषयमा सैद्धान्तिकमा न्यूनतम C+(सी प्लस) ग्रेड र वाँकी ३ ओटा अनिवार्य विषयको सैद्धान्तिकमा न्यूनतम D+ (डी प्लस) ग्रेड ल्याई छात्रवृत्ति प्रवेश परीक्षामा सम्मिलित भई उत्तीर्ण भएकाहरूलाई योग्यताकमअनुसार विद्यालयमा सिफारिस गरिनेछ।
  • वाणिज्य समूहमा अध्ययन गर्नका लागि प्रवेशिका परीक्षाको नतिजामा औषत स्तरीकृत अङक (GPA) न्यूनतम १.६ प्राप्त गरी अङ्ग्रेजी र गणित विषयमा C (सी) ग्रेड र बाँकी ४ ओटा अनिवार्य विषयको सैद्धान्तिकमा न्यूनतम D+ (डी प्लस) ग्रेड ल्याई छात्रवृत्ति प्रवेश परीक्षामा सम्मिलित भई उत्तीर्ण भएकाहरूलाई योग्यताक्रम अनुसार विद्यालयमा सिफारिस गरिनेछ ।
  • मानविकी र शिक्षा विषय समूहमा अध्ययन गर्नका लागि एसइइ परीक्षाको औषत स्तरीकृत अङ्क (GPA) न्यूनतम १.६ प्राप्त गरी अङ्ग्रेजी,नेपाली/गणिताविज्ञान/सामाजिक अध्ययन/स्वास्थ्य जनसङ्ख्या र वातावरण विषयमध्ये कुनै एक र माध्यमिक तहको कक्षा एघारमा विशिष्टिकरण गर्ने विषयको अनिवार्य रूपमा न्यूनतम C (सी) ग्रेड, प्राप्त गरेका र बाँकी अन्य अनिवार्य D+ (डी प्लस) ग्रेड ल्याइ प्राप्त बिद्यार्थीहरुलाई योग्यता क्रमको आधारमा बिद्यालयमा सिफारिस गरिनेछ ।
  • छात्रवृत्ति प्रवेश परीक्षा मिति २०७४ असार ३१ गतेको दिनको १:०० बजे सम्बन्धित जिल्ला शिक्षा कार्यालयले तोकेको सम्बन्धित स्थानमा सञ्चालन गरिने छ ।
  • आवेदन फाराम लिने जिल्ला शिक्षा कार्यालयहरूले यसै सूचनालाई आधारमानि सोहीअनुसार गर्नु गराउनु हुन जानकारी गराइन्छ

 

आबेदनसाथ पेस गर्नुपर्ने कागजातहरु

  • कक्षा दशको परीक्षामा सहभागी भई प्राप्त गरेको स्तराङ्कपत्र (Gade Sheet) को प्रतिलिपि वा इन्टरनेटबाट डाउनलोड गरिएको ग्रेडसिट ।
  • दलित, आदिवासी, जनजातिक, अपाङ्गता भएको व्यक्ति, शहिद एवम‌ बेपत्ता परिवारका छोराछोरी, जन आन्दोलनका घाईते विद्यार्थीहरूले आधिकारीक निकायले प्रदान गरेको प्रमाण पेस गनुपर्ने छ। (थरवाट दलित, आदिवासी जनजाति, मधेशी खुल्न नसकेको हकमा प्रमाण आवश्यक पर्ने) ।

 

आवेदन फाराम बुझाउने स्थान सम्बन्धित जिल्लाहरू

  • जिल्ला शिक्षा कार्यालय मोरङ मेची र कोशी अञ्चलका सबै जिल्लाहरू
  • जिल्ला शिक्षा कार्यालय, सिरहा खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्ला
  • जिल्ला शिक्षा कार्यालय, धनुषा सर्लाही, सिन्धुली, धनुषा र महोत्तरी जिल्ला
  • जिल्ला शिक्षा कार्यालय. काठमाडों सोलुखुम्बु रामेछाप, दोलखा जिल्ला तथा बाग्मती अञ्चलका सबै जिल्लाहरू
  • जिल्ला शिक्षा कार्यालय, मकवानपुर नारायणी अञ्चलका सबै जिल्लाहरू
  • जिला शिक्षा कायालय, कास्की गण्डकी र धवलागिरी अञ्चलका सवै जिल्लाहरू
  • जिल्ला शिक्षा कार्यालय, रूपन्देही लुम्बिनी अञ्चलका सबै जिल्लाहरू
  • जिल्ला शिक्षा कार्यालय, दाङ राप्ती अञ्चलका सबै जिल्लाहरू
  • जिला शिक्षा कायालय, बाँके कर्णाली र भेरी अञ्चलका सबै जिल्लाहरू
  • जिल्ला शिक्षा कार्यालय, कंलाली कञ्चनपुर र कैलाली जिल्ला
  • जिल्ला शिक्षा कार्यालय, डडेलधुरा बझाङ, बाजुरा, अछाम, बैतडी, डोटी, डडेलधुरा, दार्चुला जिल्ला

 

आवेदन फाराम विद्यार्थीले जुन जिल्लाभित्रका विद्यालयमा अध्ययन गर्न चाहेको हो अनिवार्यरूपमा सोही जिल्ला हेर्न तोकिएको जिल्ला शिक्षा कार्यालयमा बुझाउनु पर्ने छ ।

आवेदन फाराम यहाँबाट डाउनलोड गरी निकाल्न सकिनेछ।

नोट : छात्रवृत्ति नतिजा प्रकाशित गर्दा विद्यार्थीहरूलाई निजले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा प्राथमिकताअनुसार विद्यालय तोकी नतिजा प्रकाशन गरिने छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.