Accessibility Options


Skip to Navigation Skip to Content
Dec 16, 2016

महासंघका पूर्व अध्यक्ष स्व. मुनिश्वर पाण्डेको १३ ‌औ स्मृति कार्यक्रम


१ पुष २०७३, शर्मिला विश्वकर्मा, काठमाडौ

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महासङ्घका पूर्व अध्यक्ष स्वर्गीय श्री मुनिश्वर पाण्डेको १३ ‌औ स्मृति कार्यक्रम काठमाण्डौमा सम्पन्न भयो । उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्क्षय टिका दाहालले स्वर्गीय मुनिश्वर पाण्डेलाई अपाङ्गता आन्दोलनको योद्धाको रुपमा सम्झदै उहाको गुणलाई अनुसरण गर्दै अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको लागि काम गर्नु पर्ने बताउनु भयो । त्यसै गरी मुनिश्वर पाण्डे स्मृति समाजका अध्यक्ष भोजराज श्रेष्ठले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले यो दिनलाई पात्रोमा समावेश गरि उहाँको सालिक बनाउनु पर्ने कुरामा जोड दिनु भयो।

Photo of Late Past President of NFDN Munishwor Pandey

त्यसै गरी नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले स्वर्गीय श्री मुनिश्वर पाण्डेको स्मृति कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भएको थियो । त्यसै गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष स्वर्गीय श्री मुनिश्वर पाण्डेकी धर्म पत्नि निर्मला धितालले स्वर्गीय श्री मुनिश्वर पाण्डेको प्रेरणाले गर्दा नै आफु अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको लागि काम गरेको बताउनु भयो । सोही क्रममा उहाँले स्वर्गीय श्री मुनिश्वर पाण्डेको सम्मानको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कामहरु गर्नु पर्ने बताउदै आउदो वर्षमा उहाँको नाममा स्मारिका ल्याउने जानकारी दिनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष स्वर्गीय श्री मुनिश्वर पाण्डेको १३ ‌औ स्मृति कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले स्वर्गीय श्री मुनिश्वर पाण्डेको कामलाई संस्थागत गर्नु पर्ने, समाज कल्याण परिषदको अनुमति भएमा उहाँको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राङ्गणमा उहाँको सालिक निर्माण गर्ने,  अबका बर्षहरुमा उहाँको सम्झनामा अपाङ्गताको क्षेत्रमा काम गर्ने पत्रकारहरु, समाज सेवीहरु, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्मचारीहरु, अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिने तथा सेवा सुविधा दिने निकायहरुलाई पुरस्कृत गर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालको योजना रहेको बताउनु भयो ।

Photo of Late Past Program Participants at Munishwor Pandey Smriti Program

सोही कार्यक्रममा २५ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस र अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानवअधिकार महाभेलाको अवसरमा स्यमसेवक गर्नु भएका हिमालयन र क्रिटन कलेजका ५७ जना विद्यार्थीहरु, सो कार्यक्रमका प्रतिवेदन तयार गर्न सहयोग गर्नुहुने सदस्यहरू र पत्रकारिताको माध्मबाट अपाङ्गता सम्बन्धी सामाग्री तथा समाचार प्रशारण प्रकाशन गर्ने पत्रकारहरु शर्मिला विश्वकर्मा, निमा लामा, रवि रिमाल र शंकर चैसरलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सञ्चलन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले गर्नु भएको थियो ।

(समाचार लेखन तथा तस्बिरहरू: शर्मिला विश्वकर्मा, अपाङ्ग मानवअधिकार केन्द्र)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.