Accessibility Options


Skip to Navigation Skip to Content
Dec 25, 2015

प्रेस वक्तव्य: ७औँ महाधिवेशन तथा १६औँ साधारण सभा सम्बन्धमा


प्रेस विज्ञप्ति

पत्रकार मित्रहरू,

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागी सँगठित सँस्थाहरुको छाता सँस्था राष्ट्रिय अपाङ्ग महासँघ नेपालको ७औँ महाधिवेशन तथा १६औँ साधारण सभा नेपालको सुन्दर नगरी पोखरामा मिति २०७२ पौष ११ र १२ गते भव्यताका साथ सुसम्पन्न हुन लागेको जानकारी गराउन पाउँदा महासँघलाई गर्व महशुस भएको छ।

राष्ट्रिय अपाङ्ग महासँघ नेपाल सम्पूर्ण नेपाली अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्दै मानव अधिकारको संरक्षण, प्रवर्द्धन, समानता र न्यायको पक्षमा वकालत गर्न विक्रम संवत २०५० सालमा स्थापना भएको हो। यस महासँघले अपाङ्गता अधिकारका क्षेत्रमा जनवकालत, नीति निर्माणमा पैरवी, क्षमता अभिवृद्धि तथा संजालीकरणको कार्य गर्दै आएको छ। निकट बिगतमा निर्माण भएको नेपालको संविधान २०७२मा अपाङ्गता अधिकारका सवाललाई उल्लेखनीयरुपमा समावेश गराउन सफल भएको यस महासँघको अगुवाईमा अपाङ्गता अधिकार ऐन संसदमा दर्ता भईसकेको जानकारी गराउन पाउँदा हामी खुसी छौ र व्यवस्थापिका संसदबाट यथासिघ्र पारित हुनेमा आशावादी छौँ। यस महासँघको संजाल केन्द्र, क्षेत्र, जिल्ला र गाउँतहसम्म रही हाल नेपालका ७४ वटा जिल्ला सम्म पुग्न सफल भएको छ।

यस महासँघका झन्डै ३५० सदस्य संस्थाहरूका प्रतिनिधिहरू, पर्यवेक्षक, सहयोगी तथा स्वयंसेवकहरू पोखरामा भेला भएका छन्। पोखरा नगरी अपाङ्गता अधिकारका लागी होमिएको छ। यहाँ टोलटोलमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका कुराहरू लेखिएका व्यानरहरू सजिएका छन्।यो महाधिवेशन अपाङ्गता अधिकार प्राप्तिका थप उपलब्धि हासिल गर्न कोशेढुङ्गा सावित हुनेछ।

यस सातौ महाधिवेशनले यस महासँघको नया कार्यसमितिको निर्वाचन गर्नेछ। यसका लागी पोखरामा पौष ११ गते माननीय सुचना,संचार तथा प्रविधि मन्त्री शेरधन राई ज्यूको प्रमुख आतिथ्यतामा भव्य उद्‍घाटन समारोह, बन्द सत्र र १२ गते निर्वाचनको कार्यक्रम तय गरिएको छ। यस परिप्रेक्षमा महासँघले पोखराको आतिथ्यताको लागि धन्यवाद दिदै सफलतापुर्वक यो महाधिवेशन सम्पन्न गर्नका लागी पोखराका सम्पुर्ण मानव अधिकारवादी सँघ-सँस्थाहरू, नागरीक समाज, अपाङ्गता अधिकारका क्षेत्रमा सक्रिय सँघ-संस्था तथा व्यक्तिहरू, संचार गृह तथा पत्रकारहरू र नेपाल सरकारका सम्बद्ध निकायहरू तथा सुरक्षा निकायहरूसँगबाट समेत सहयोगको अपेक्षा गर्दछ।

अन्त्यमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ को कार्यन्वयन, नेपालको संविधान २०७२ मा व्यवस्था भएका अधिकारहरूको कार्यन्वयन र आवश्यक ऐन तथा नियमहरुको निर्माण, अपाङ्गता अधिकार ऐनलाई व्यवस्थापिका संसदबाट पारित गराउन र अपाङ्गता अभियानमा पनि मुलप्रवाहबाट पाखा पारिएका, पुर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सेवा सुबिधामा पहुँच पुर्याउने कार्यमा यस महाधिवेशन सार्थक बन्ने विश्वास प्रकट गर्दै सबै क्षेत्रको सहयोग र साथको लागी हार्दिक आह्वान गर्दछौँ।

धन्यवाद,

टिका दाहाल, महासचिव,
राष्ट्रिय अपाङ्ग महासँघ नेपाल
पोखरा, कास्की
मिति: २०७२ पौष १० गते शुक्रबार

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.