Accessibility Options


Skip to Navigation Skip to Content
Aug 17, 2016

संचार सम्बन्धि आचार संहितामा अपाङ्गताका सवाल सम्बन्धी सुझाव प्रस्तुत


राष्ट्रिय अपांग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतको नेतृत्वमा अपांगता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा काम गर्ने राष्ट्रिय स्तरका विभिन्न संस्थाका प्रतिनिधिहरू सहितको एक प्रतिनिधी मण्डलले मिति २०७३ साल भदौ १ गते प्रेस काउन्सिलका अध्यक्ष श्री बोर्ण बहादुर कार्की र पत्रकार महासंघका सभापति डा. महेन्द्र बिष्टलाई छुट्टाछुट्टै भेटी नयाँ बन्न लागेको संचार सम्बन्धि आचार संहितामा अपांगता भएका ब्यक्तिहरुका अधिकारका पक्षबाट सम्बोधन गर्नुपर्ने विषयहरूमा लिखित सुझाव पेश गर्‌यो ।

Mr. Raju Basnet of NFDN presenting demand letter of press council officials

महासंघको नेतृत्वमा गएको सो प्रतिनिधी मण्डलले मस्यौदाको क्रममा रहेको आचारसंहितामा अपाङ्गता वा अपाङ्गता भएका व्यक्तिहरूका विषयमा संचार माध्यममा समाचार र प्रतिवेदनहरू बनाउँदा, श्रव्यदृष्यका सामाग्री बनाउँदा र अपाङ्गताको विषयलाई जनमानसमा प्रस्तुत गर्दा सहि र सम्मानजनक शब्दावलीको अनिवार्य प्रयोग गर्नु पर्ने कुरा समावेश गर्न अनुरोध गर्यो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री बोर्ण बहादुर बिष्ट र पत्रकार महासंघका सभापति डा महेन्द्र बिष्टले सुझाव पत्र बुझ्दै महासंघले उठाएका सवालहरु असाध्यै समय सान्दर्भिक भएको र सहि समयमा नै महासंघले यि सुझावहरू पेश गरेको भन्दै नयाँ बन्न लागेको संचार सम्बन्धि आचार संहितामा प्रस्तुत सुझावहरू समावेश गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
प्रतिनिधिमण्डलले पेश गरेक सुझावको संक्षिप्त रूप यसप्रकार छ ।

Mr. Raju Basnet of NFDN presenting demand letter to press council officials

संचार आचार संहितामा समावेश गर्नुपर्ने विषयहरू :

५.९ अपाङ्गता भएका व्यक्तिहरुप्रति विशेष संबेदनशलि हुनुपर्नेः अपाङ्गता विषयलाई विकासको नबिनतम अवधारणा र मानव विविधताको रुपमा ग्रहण गर्दै अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारलाई पूर्ण सम्मान गर्न अपाङ्गता र अपाङ्गता भएका व्यक्तिको बारेमा प्रतिवेदन बनाउदा, समाचार संकलन र सम्प्रषण गर्दा, श्रव्यदृश्य र छापामा प्रकाशन गर्दा सहि र उपयुक्त शब्दावलीको प्रयोग गरि अपाङ्गताका सबालहरु र विषयहरुलाई बस्तुनिष्ठ र बैज्ञानिक तरिकाले प्रस्तुत गर्ने ।

कुनै पनि समाचार वा श्रव्यदृष्यका सामाग्री संकलन गरि सम्प्रषेण गर्दा अपाङ्गता भएका व्यक्तिलाई हास्यको पात्रको रुपमा प्रस्तुत गर्ने, दया र मायाको रुपमा उल्लेख गर्ने, होच्याउने, गिल्लयाउने, बिचरा र दीन दुःखीको रुपमा चित्रण गर्ने, ईज्जत र प्रतिष्ठामा आँच आउने किसिमले प्रस्तुत गर्ने तथा कुनै कुरा विग्रेको वा भत्केको वा केहि नमिलेको भएमा अपाङ्गता विषयमा गाँसेर प्रस्तुत गर्ने वा अपाङ्गतासंग जोडेर उखान तुक्काको प्रयोग गर्ने कार्य गर्नु हुदैन ।

यस विषयमा महासँघले जारी गरेको प्रेस विज्ञप्ति यहाँ पढ्न सकिन्छ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.