Accessibility Options


Skip to Navigation Skip to Content
Nov 7, 2017

महासँघको १८औँ साधारण सभा सम्बन्धी सुचना


श्री अध्यक्षज्यू,

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।

 

विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा ।

 

उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७४ कार्तिक १६ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको १८ औं वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछु ।

उक्त साधारण सभामा यहाँको संस्थाबाट महासंघको विधान अनुसार कार्यसमितिमा १००% अपाङ्गता भएका व्यक्तिहरुको संस्थाबाट २ जना प्रतिनिधि (एक जना महिलासहित) कार्यसमितिमा ५१% अपाङ्गता भएका व्यक्तिहरु रहेको संस्थाबाट १ जना प्रतिनिधि र कार्यसमितिमा ५१%  भन्दा कम अपाङ्गता भएका व्यक्तिहरु रहेको संस्थाबाट १ जना पर्यवेक्षक छनौट गरी २०७४ साल मंसिर १२ गते भित्र ईमेल मार्फत लिखित रुपमा जानकारी पठाउनु हुन र सदस्यता नविकरण गराई साधारण सभामा भाग लिई कार्यक्रम सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

 

साधारण सभा तथा कार्यक्रम

मिति : २०७४ मंसिर  २७ र २८ गते ।

स्थान : काठमाण्डौ

उद्घाटन समय : २०७४ मंसिर २७ गते बिहान १० बजे ।

 

साधारणसभाका प्रस्तावहरु 

१.    महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम ।

२.    कोषाध्यक्षको आर्थिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको अनुमानित आय व्यय विवरण ।

३.    महासंघको विधान संशोधन ।

४.    लेखा परीक्षकको नियुक्ति ।

५.    विविध

नोट :

  • साधारण सभामा भाग लिन आउने प्रतिनिधिको आवास र खानाको व्यवस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय कार्यालयले गर्नेछ ।
  • साधारण सभामा भाग लिन आउने सहभागीले यातायातको लागि प्रतिनिधि स्वयंम वा सम्बन्धित संस्थाले नै व्यहोर्नु पर्नेछ । 
  • व्यवस्थापनको सहजताको निम्ति प्रतिनिधिको लागि तोकिएको फारम अनिवार्य भरी पठाउनु पर्ने छ ।
  • उपत्यका बाहिरबाट कार्यक्रममा भाग लिन आउने प्रतिनिधिहरु २०७४ मंसिर २६ गते बेलुका सम्म काठमाण्डौ आईसक्नु पर्नेछ ।
  • आ.ब. २०७३/७४ सम्म नविकरण गराएका सदस्य संस्थाहरुले मात्र उक्त साधारण सभामा भाग लिन पाउनेछन्
  • २०७४ मंसिर १२ भित्र प्रतिनिधि तथा पर्यवेक्षकको नाम प्राप्त नभएका सदस्य संस्थाहरुलाई साधारण सभामा सहभागी गराउन महासंघ बाध्य हुने छैन ।

नोटः साधारण सभामा भाग लिन नविकरण नगरेका संस्थाहरुले मंसिर १२ गते भित्र नविकरण गरिसक्नुहुन पनि अनुरोध गरिन्छ ।

 

राजु बस्नेत
महासचिव 

(यस पत्रको ओरिजिनल स्क्यान कपीको लागी यहाँ हेर्नुहोला।)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.