Accessibility Options


Skip to Navigation Skip to Content
Dec 30, 2015

१६औं साधारण सभा तथा ७औं महाधिवेशन सम्पन्न- नयाँ कार्यसमिति निर्वाचित


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले २०७२ साल पौष ११ र १२ गते सुन्दर पर्यटकीय नगरि पोखरामा आफ्नो १६औँ बार्षिक साधारण सभा तथा ७ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । यसै महाधिवेशनबाट संस्थाले आफ्नो २०७१ सालमा संशोधित नयाँ विधान अनुसार केन्द्रीय कार्यसमितिको समेत निर्वाचन गरेको छ । नव निर्वाचित कार्यसमितिको अध्यक्ष पदमा श्री सुदर्शन सुवेदी पुन निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा श्री टीका दहाल, वरिष्ट उपाध्यक्षमा श्री देवी वहादुर पोख्रेल, महासचिवमा श्री राजु वस्नेत, कोषाध्यक्षमा श्री कुमार रेग्मी र सचिवमा श्री ओम प्रकाश बन्जाडे निर्वाचित हुनुभएको छ ।

Elected Board Members of NFDNराष्ट्रिय अपाङ्ग महासँघ नेपालका नवनिर्वाचित कार्यसमिति सदस्यहरू। तस्बिर: निमा लामा!

महासंघको संशोधित विधान अनुसार केन्द्रीय कार्यसमिति जम्मा ३९ जनाको हुन्छ जसमा अध्यक्ष सहित ६ जना पदाधिकारीहरू र ३३ जना सदस्यहरू रहने व्यवस्था छ । कूल ३९ जनाको समितिमा ३४ जना प्रत्यक्ष रूपमा निर्वाचित हुने र ५ जना मनोनित गरिने व्यवस्था रहेको छ । कार्यसमितिमा अपाङ्गताका विभिन्न बर्ग, अशक्ताको अवस्था, अपाङ्गता भएका महिला, वौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावक, ५ विकास क्षेत्र, कर्णाली क्षेत्र, दलित, जनजाति, मधेशी लगायतको प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।
महासंको नव निर्वाचित सदस्यहरूको नामावली यस प्रकार छ

पदाधिकारीहरू

अध्यक्ष - श्री सुदर्शन सुवेदी (शारीरिक अपाङ्गता, पुरुष)
महिला उपाध्यक्ष - श्री टीकादेवी दहाल (शारीरिक अपाङ्गता)
वरिष्ट उपाध्यक्ष - श्री देवी वहादुर पोख्रेल (शारीरिक अपाङ्गता, पुरुष)
महासचिव - श्री राजु वस्नेत (बौद्धिक अपाङ्ता भएका व्यक्तिका अभिभावक, पुरुष)
कोषाध्यक्ष - श्री कुमार रेग्मी (बहिरा व्यक्ति, पुरुष)
सचिव - श्री ओम प्रकाश वन्जाडे (दृष्टिबिहिन, पुरुष)

अपाङ्गताको वर्गीकरण अनुसार सदस्यहरू

शारीरिक अपाङ्गता

श्री गोमादेवी पौडेल (महिला)
श्री चन्द्रकान्त पौडेल (पुरुष)

दृष्टिबिहिन

श्री सुगम भट्टराई (पुरुष)
श्री सीता सुवेदी (महिला)

बौद्धिक अपाङ्गता प्रतिनिधि

श्री प्रमिला श्रेष्ठ (जोशी) (महिला)
श्री निर्मल कुमार श्रेष्ठ (पुरुष)

बहिरा

श्री यदुनाथ अधिकारी (पुरुष)
श्री निता केशरी भट्टराई (महिला)

स्वर बोलाई

श्री रविन कुमार मैनाली (पुरुष)

अति अशक्त अपाङ्गता तर्फका सदस्यहरु

शारीरीक अपाङ्गता

श्री धर्मराज घिमिरे (पुरुष)
श्री देवी आचार्य (महिला)

बौद्धिक अपाङ्गता सवयं

श्री शिव श्रेष्ठ

दृष्टिबिहिन

श्री शिशिर खनाल (पुरुष)
श्री अस्मित भट्टराई (महिला)

बहिरा अपाङ्गता

श्री रमेशलाल श्रेष्ठ (पुरुष)
श्री कल्पना बज्राचार्य (महिला)

श्रवण दृष्टिबिहिन अभिभावक

श्री मदन महर्जन

समावेशी तर्फ का सदस्यहरु

दलित

श्री राम रतन हरिजन (पुरुष)

मधेशी समुदाय

श्री सतिशचन्द्र झा (पुरुष)
श्री कामीनि देवी (महिला)

जनजाती

श्री उदय वहादुर लिम्वु (पुरुष)
श्री तृप्ता मगर (महिला)

क्षेत्रीय सदस्यहरू

पुर्वाञ्चल विकास क्षेत्र

श्री यम वहादुर वस्नेत

मध्यमाञ्चल विकास क्षेत्र

श्री गुणराज खतिवडा

पश्चिमाञ्चल विकास क्षेत्र

श्री शिव कुमार ज्ञवाली

मध्य पश्चिमाञ्चल विकास क्षेत्र

श्री देविदत्त आचार्य

सुदुर पश्चिमाञ्चल विकास क्षेत्र

श्री मान वहादुर साउद

कर्णाली क्षेत्र

श्री नेत्र शाही

राष्ट्रिय अनुशासन आयोग तर्फ निर्वाचित सदस्यहरू

संयोजक

टेकनाथ न्यौपाने (दृष्टिबिहिन, पुरुष)

सदस्य

गोकर्ण प्रसाद आचार्य (पुरुष)
भुमा चौधरी (महिला)

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.