Accessibility Options


Skip to Navigation Skip to Content
May 16, 2016

आगामी बजेटमा अपाङ्गताको सवाल समावेश गर्न माग गर्दै अर्थमन्त्रीसँग भेटघाट


NFDN President and Vice President in meeting with Finance Ministerमाननीय अर्थमन्त्री श्री विष्णू पौडेल सँग अन्तर्क्रिय गर्दै महासँघका अध्यक्ष श्री सुदर्शन सुबेदी तथा उपाध्यक्ष श्री टिका दाहाल

मिति २०७३ जेष्ठ २ गते राष्ट्रिय अपाङ्ग महास‌ंघ नेपालको नेतृत्वमा नेपालमा अपाङ्गताको क्षेत्रमा सकृय अधिकारकर्मीहरु सहितको एक प्रतिनिधिमण्डलले नेपाल सरकारका माननीय अर्थ मन्त्री श्री बिष्णु पौडेल तथा माननीय अर्थ राज्य मन्त्री श्री दामोदर भण्डारीसँग छुट्टा छुट्टै भेट गरी आर्थिक वर्ष २०७३/७४ को बजेटमा अपाङ्गता भएका ब्यत्तिहरुका सवालहरु समावेश गराउन ध्यानाकर्षण पत्र बुझाइएको छ ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा माननीय मन्त्री ज्यूहरूले वर्तमान सरकार अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा संबेदनशिल रहेको र सरकारका नीति तथा कार्यक्रमहरुमामा पनि अपाङ्गता सवालहरु सम्बोधन भैसकेको हुनाले आगामी बजेट अपाङ्गता मैत्री हुनेछ भन्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

Disability rights activist with State Minister of Finance Mr. Damodar Rijalमाननीय अर्थ राज्यमन्त्री श्री दामोदर भण्डारी सँगको भेटघाट पछि सामुहिक तस्बिर खिचाउँदै महासँघका पदाधिकारी तथा अपाङ्गता अधिकारकर्मीहरू

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले अर्थमन्त्री तथा अर्थ राज्यमन्त्रीलाई भेटेर बुझाएको ध्यानाकर्षण पत्रमा निम्न बुँदाहरू उल्लेख थियो:

१. सधै अरुको सहायतामा जीवन यापन गर्नु पर्ने अति अशक्त र पुर्ण अशक्त अपाङ्गता भएका   ब्यक्तिहरुको लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता ज्यादै न्युन रहेको छ । कम्तिमा सामान्तय जीवन जिउन सहज हुने गरि क्रमश रु ३००। बाट बृद्धि गरि रु १०००।  रु १०००। बाट बृद्धि गरि रु  २०००। बनाइयोस ।

२. अपाङ्गता भएका ब्यक्तिहरुको अति आवश्यक पर्ने सहायक सामग्रीको उत्पादनमा प्रत्येक जिल्ला  सदरमुकामा हुने गरि बजेट विनियोजन गरियोस ।

३. सरकारको नाममा सर्बोच्ल अदालतले २०६९ साल श्रावण २९ गते गरेको फैसलाको कार्यान्वयनको लागि पुर्ण अशक्त अपाङ्गता र बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको सहयोगिको ब्यवस्था गर्न बजेट बिनियोजन गरियोस ।

४. अपाङ्गता भएका ब्यक्तिहरुको रोजगारीमा अभिबृद्धि हुने गरि तालिम र रोजगारीको सुनिश्चिता हुने गरि बजेट बिनियोजन गरियोस ।

५. अपाङ्गता भएका ब्यक्ति, हिंसा प्रभावित महिला, अनाथ बाल बालिका, भुकम्प प्रभावित ब्यक्तिहरुका लागि पुनर्स्थापना केन्द्र  स्थापना गर्न बजेट विनियोजन गरियोस ।

६. अपाङ्गता भएका ब्यक्तिहरु अहिले पनि शिक्षाको पहुँचबाट टाढा रहेका छन तसर्थ समावेशी शिक्षामा बिशिष्टिकृत गरेर बजेट बिनियोजन गरियोस ।

७. बहिरा (सुनाइ सम्बन्धि) अपाङ्गता भएका ब्यक्तिहरुको लागि आवश्यक पर्ने साँकेतिक भाषा दोभाषे तालिमको ब्यवस्था र बढी जनसम्पर्क हुने कार्यालयहरुका दोभाषे कर्मचारीको अनिवार्य ब्यवस्था हुने गरि बजेट विनियोजन गरियोस ।

८. भुकम्प प्रभावित जिल्लाहरुमा बन्न लागेका नमूना गाँउ तथा बस्ती सार्वजनिक स्थल (स्कुल,कार्यालय,शौचालय,पार्क) हरु अपाङ्गमैत्री बनाउनको लागि आवश्यक बजेट ब्यवस्था गरियोस ।

९. अपाङ्गताको क्षेत्रमा हालसम्म राष्ट्रिय स्तरमा गहिरो खोज अनुसन्धान नभएकोले सरकारी र गैर सरकारी क्षेत्रबाट अपाङ्गताको सवालमा कार्य योजना तयार गर्न समेत अन्यौल हुने गरेको छ । तसर्थ खोज अध्ययन तथा अनुसन्धानको लागि आवश्यक बजेट बिनियोजन गरियोस ।

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.