Accessibility Options


Skip to Navigation Skip to Content
Mar 16, 2017

स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन ध्यानाकर्षण


राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री शुदर्सन सुवेदी सहितको प्रतिनिधि मण्डलले गृह राज्यमन्त्री माननीय इन्द्र बहादुर बाँनियालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । नेपालको संविधान २०७२ ले अपाङ्गता भएका ब्यक्तिहरुलाई समावेशी सिद्धान्तका र समानताको हकको प्रत्याभुति गरीसकेको सन्दर्भमा आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन उक्त पत्र बुझाइएको हो । भेटमा गृहराज्य मन्त्रीले आगामी स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गर्न आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ ।

Meeting State Minister of Home Ministry about Local Elections

 

गृहराज्य मन्त्रीलाई बुझाएको ध्यानकर्षणको पुर्णपाठ यस प्रकार रहेको छ ।


मिति २०७३/१२/०२ गते ।

माननीय गृह मन्त्री ज्यू,
गृह मन्त्रालय,
सिंहदरवार,  काठमाण्डौ ।

बिषय : स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका व्यक्तिहरुका सवाल सम्बन्धमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण प्रवर्धन र संवर्धनको लागि वि.स.२०५० सालदेखिनिरन्तर कृयाशिल अपाङ्गता भएका व्यक्तिहरुले संचालन गर्दै आएका  ३३१ गैर सरकारी संस्थाहरु आवद्ध रहेका एकमात्र राष्ट्रियस्तरको अपाङ्गता भएका व्यक्तिहरुको छाता संस्था हो ।

नेपालको जनगणना २०६८ अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अर्थात ५,१३,३२१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । नेपाल सरकारद्धारा अनुमोदित अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिको धारा २९ मा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सहितको राजनैतिक अधिकारको सुनिश्चितता गरेको छ भने लोकतान्त्रिक संघिय गणतन्त्र नेपालको संविधान, २०७२ को प्रस्तावनाले समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ भने संविधान, २०७२ को धारा १८ को २ र ३ मा अपाङ्गता भएका व्यक्तिहरुको समानताको हकको सुनिश्चित गरेको सन्दर्भमा स्थानिय तहको निर्वाचनमा  अपाङ्गता भएका व्यक्तिहरु उम्मेद्धवार हुने कुराको प्रत्याभुति गर्न सकिरहेको छैन् ।

यसै सन्दर्भमा २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व र सहभागिताको लागि निम्न कुराहरुको सुनिश्चित गरीयोस भनि अनुरोध गर्दछौ ।  

  • आगामी स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य उम्मेद्धवार हुने र निर्वाचित हुने नीतिगत रुपमा सुनिश्चितता गरिनु पर्ने,
  • अपाङ्गता भएका ब्यक्तिहरुलाई केन्द्रविन्दुमा राखेर मतदान केन्द्र बनाउँदा जेष्ठ नागरीक,अशक्त, गर्भवती महिला,अपाङ्गता ब्यक्तिहरुलाई समेत मैत्री हुने हुनाले सबै निर्वाचन मतदान केन्द्रहरु अपाङ्ता मैत्री बनाइनु पर्ने,
  • मतपत्र बनाउँदा निर्वाचन सम्बन्धी जनचेतनामुलक सामग्री बनाउँदा अपाङ्ता मैत्री बनाइनु पर्ने,
  • निर्बाचनमा मतदाताहरुलाई मतदान गर्न प्रोत्सहान गर्ने खालका जनचेतना मुलक सामग्री बनाउदा अपाङ्ता भएका ब्यक्तिहरुलाई पनि मतदानमा भाग लिन प्रोत्साहन हुने खालका सामग्रीहरु बनाइनु पर्ने,
  • निर्वाचन पर्यवेक्षण गर्ने सम्पुर्ण संघ संस्थाहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सहभागि हुने खालको प्रणालिको विकास गर्नु पर्ने,
  • अति अशक्त, पुर्ण अशक्तर  बौद्धिक अपाङ्ता भएका भएका ब्यक्तिहरुले मतदान गर्दा निजका अभिभावक वा उनीहरुले इच्छाइएको ब्यक्ति मार्फत मतदान गर्न पाउने नीतिगत ब्यावस्था मिलाइनु पर्ने,
  • निर्वाचन गराउँन सहभागि हुने सम्पुर्ण कर्मचारी सुरक्षाकर्मी निर्वाचन पर्यवेक्षकलाई निर्वाचन सम्बन्धी अभिमुखिकरण गर्दा अपाङ्गता भएका ब्यक्तिहरुको समस्या  र उनीहरुप्रतिको भूमिकाको बारेमा जानकारीगराइनु पर्ने,
  • मतदान हुने दिन घरदेखि मतदान केन्द्रसम्म आउन जानको लागि अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने चारपाङ्ग्रे स्कुटर र पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनको लागि संचालन स्वीकृतिको नीतिगत ब्यवस्था गरिनु पर्ने ।
  • राज्यका हरेक निकायमा नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेको समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गरीयोस ।


……………..
शुदर्सन सुवेदी
अध्यक्ष

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.