Accessibility Options


Skip to Navigation Skip to Content
May 6, 2016

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवन स्तर अध्ययन प्रतिवेदन सार्वजनिक


काठमान्डौमा शुक्रबार अपाङ्गता भएका व्यक्तिहरूको जीवन स्तर अध्ययन सम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा गरिएको उक्त कार्यक्रममा विभिन्न मन्त्रालय, विकाश साझेदारहरू, विश्वविद्यालय, अपाङ्गता भएका व्यक्तिहरूका संस्घ संस्थाहरू एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

वर्तमान सर्वेक्षण देशका ५९ जिल्लाका १०० वटा क्षेत्र (Cluster) निर्धारण गरि ४००० घर धुरीमा २००० अपाङ्गता भएका व्यक्तिहरू एवम् २००० अपाङ्गता नभएका व्यक्तिहरू विच गरिएको तुलनात्मक नमुना सर्वेक्षण हो ।

नर्वेजियन अपाङ्गता भएका व्यक्तिहरूको महासंघ(FFO-Norway)को आर्थिक सहयोग रहेको यस अध्ययनमा नर्वे स्थित सिन्टेफ नामक अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान संस्थाले नेपाल स्थित अर्को अध्ययन अनुसन्धानमा संलग्न संस्था भ्याली रिसर्च ग्रुपसँग प्राविधिक साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघसँग व्यवस्थापनकीय साझेदारी तथा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नेतृत्वमा अन्य विभिन्न विषयगत मन्त्रालयहरू, योजना आयोग र केन्द्रीय तथ्याङ्क विभाग समेतको समन्वयमा सम्पन्न गरेको हो ।

Report Dissimination of Living Condition Surveyमहासंघका अध्यक्ष सुदर्सन सुबेदिले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सिन्टेफ नर्वेका प्रोफेसर आर्ने हेनिङ्ले प्रतिवेदनका सिफारिसहरू सम्बन्धी प्रस्तुतिकरण एवम् महासंघका प्रशासकीय व्यवस्थापक मनिस प्रसाइले प्रतिवेदनको आगामी प्रयोग र उपयोगीता बारे प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै एफ् एफ् ओ नर्वेका हाना विटसनले वर्तमान प्रतिवेदनले देश भित्र अपाङ्गताका सवालमा थुप्रै काम गर्नु पर्ने स्पस्ट देखिएको र उक्त कार्यमा नर्वेजियन सरकार एवम् नर्वेजियन अपाङ्गता भएका व्यक्तिहरूको महासंघ समेत तयार रहेको बताइन् ।

वर्तमान अध्ययन घरधुरि सर्वेक्षणका रूपमा दुइ चरणको तह गत (stratified) नमुनाको प्रयोग गरि सम्पन्न गरिएको हो र यसमा निम्न प्रकृतिका प्रश्नावलीहरूको प्रयोग गरिएको थियो:
• नाप जाँच/ सूचीकृत गर्ने प्रक्रियाका लागि अपाङ्गता तथ्याङ्क सम्बन्धी
वासिङ्टन समूहले तयार गरेका ६ प्रश्नहरू(Screening questionnaire),
• अपाङ्गता भएका एवम् नभएका व्यक्तिहरू रहेका घर धुरीमा सोधिने प्रश्नावली(Households questionnaire),
• नाप जाँच/सूचीकृत गर्ने प्रक्रियाबाट छानिएका अपाङ्गता भएका व्यक्तिलाई सोधिएको व्यक्तिगत प्रश्नावली(Case individual),
• अपाङ्गता नभएका व्यक्तिहरूलाई सोधिएको प्रश्नावली (Control individual).
अध्ययनले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन गर्न प्रयोग गरिएका प्रश्नावलीहरूले सामाजिक-आर्थिक सूचकाङ्कहरू, आर्थिक क्रियाकलापहरू, आम्दानी, स्वामित्व एवम् भौतिक संरचना, प्रजनन स्वास्थ्यसंगै सामान्य स्वास्थ्य, स्वास्थ्य सम्बन्धी जानकारीमा पहुँच, सेवाहरूमा पहुँच, सूचनामा पहुँच, शिक्षा, सामाजिक सहभागीता र बिभेद एवम् दुर्व्यवहारबाटमुक्ति जस्ता जीवन स्तरका विभिन्न सूचकाङ्कहरूलाई समेटेको छ ।
वर्तमान अध्ययन प्रतिवेदनले मुख्यगरी निम्न कुराहरूको खुलासा गरेको छ ।
• अन्य व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न आधारभूत सेवा सुविधामा हुने पहुँच ७० देखि ९० प्रतिशत सम्म फरक परेको देखिन्छ । अर्थात् नितिगत रूपमा व्यवस्था भएपनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न सेवा सुविधामा पहुँच पुग्न सकेको छैन । व्यावसायिक पुनर्स्थापना र कानुनी सल्लाह जस्ता सेवा प्राप्त गर्ने कुरामा सबैभन्दा बढि फरक देखिन्छ ।
• अपाङ्गता नभएका व्यक्तिहरूमा भन्दा भएका व्यक्तिहरूमा सामान्य स्वास्थ्य समस्या, सूचनामा कम पहुँच, बेरोजगारीको दर, निरक्षरताको दर, विद्यालय छोड्ने दर, घरमा हुने न्यूनतम सेवाहरूको कमी जस्ता कुरा बढि पाइएको छ।
• अपाङ्गता भएका व्यक्ति रहेका परिवारमा पारिवारिक सदस्यहरूको सङ्ख्या बढि भएको पाइएको छ ।
• करिब ८ मा १ जना अपाङ्गता भएका व्यक्तिले मात्र सहयोगी सामाग्री प्रयोग गरेको पाइएको छ।
• लैङ्गिक दृष्टिकोणले हेर्दा अपाङ्गता भएका पुरूषहरू भन्दा महिलाहरू निकै कम विद्यालय जाने, कम साक्षरता दर, कामकाजी जीवनमा कम सहभागिता, सहयोगि सामाग्रिमा कमपहुँच, न्यून सामाजिक सहभागीता र बढि दीर्घ रोग लिइ बाँचिरहेको पाइयो भने केहिले सार्वजनिक सेवामा विभेद अनुभव गरेको समेत बताएका थिए ।
• अध्ययनले ग्रामीण र शहरि क्षेत्र बीचको जीवन स्तरमा स्पष्ट फरकहरू देखाएको छ ।
• गएको अन्तिम निर्वाचनमा भोट खसालेकाहरू मध्ये अपाङ्गता भएका र नभएका व्यक्तिहरू बीच १२ प्रतिशतको फरक देखिन्छ ।
अपाङ्गता भएका र नभएका व्यक्तिहरू बीचको फरक देखाउने प्रमाणहरू स्थापित गर्नु मानव अधिकारको प्रवर्धन एवम् अपाङ्गता भएका व्यक्तिहरूको जीवन स्तर सुधार गर्ने कार्यका लागि एक महत्वपुर्ण कदम हो । वर्तमान अध्ययनले वकालत सम्बन्धी क्रियाकलापहरूमा अभिवृद्धि गर्न, प्राथमिकताहरूको निर्धारण गर्न, असरहरूको मापन गरि नीति निर्माण गर्न, अवस्थाको अनुगमन गर्न र अपाङ्गता भएका व्यक्तिहरू एवम् सर्वसाधारणमा ज्ञान अभिवृद्धि गर्ने जस्ता अवसरहरू प्रदान गर्ने सिफारिस गरेको छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.