Accessibility Options


Skip to Navigation Skip to Content
Sep 29, 2015

साधारण सभा तथा महाधिवेशनको लागि निमन्त्रणा सम्वन्धमा


च.नं. ४४/७२/७३

मिति : २०७२ असोज ७ गते

श्री अध्यक्ष ज्यू,
.. ... ... ... ... ... ... ... ... ... ... ...।

विषय : साधारण सभा तथा महाधिवेशनको लागि निमन्त्रणा सम्वन्धमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ३० लाख अपाङ्गता भएका ब्यक्तिहरुको आस्थाको धरोहर हो । देशको वदलिँदो राजनीतिक परिस्थिति अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफुलाई निरन्तर अगाडि बढाएको हुँदा संघीय गणतान्त्रिक नेपालको संविधान २०७२ मा अपाङ्गता भएका नागरिकको राजनैतिक अधिकार लगायत मौलिक हक, सामाजिक न्याय र समाजिक सुरक्षामा समेत समावेश हुन सम्भव भएको छ । यसैगरि अपाङ्गता अधिकार सम्बन्धी महासन्धी अनुकुल पुनर्लेखन गरिएको अपाङ्गता अधिकार ऐन २०७२ ब्यवस्थापिका संसदमा पेश गर्न मन्त्री परिषदमा प्रस्ताव दर्ता भईसकेको छ । यस अलावा अपाङ्गताको सवालमा अरु ५ बटा नीति, नियम, निर्देशिका र अपाङ्गता सम्बन्धी नीति तथा राष्ट्रिय कार्ययोजना बन्ने क्रममा रहेका छन् । यो सबै उपलब्धीको पछाडि महासंघको पहल नेतृत्व र यहाँहरूको सहयोग र साथ रहेको छ । तसर्थ सर्वप्रथम संविधानमा हासिल भएको ऐतिहासिक उपलब्धीहरू लगायत अन्य सबै उपलब्धीहरू प्राप्त गर्न यहाँहरूले संस्थागत र व्यक्तिगत स्तरबाट दिनुभएको साथ र सहयोगको लागि हार्दिक धन्यवाद र बधाइ समेत ज्ञापन गर्न चाहन्छु ।

प्रस्तुत विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रीय कार्यसमितिको २०७२ साल भदौ २२ गते वसेको १७ औं पूर्ण बैठकबाट निम्न मिति, समय र स्थानमा महासंघको सोह्रौँ वार्षिक साधारण सभा, तथा सातौ राष्ट्रिय महाधिवेशन विभिन्न कार्यक्रमहरू सहित आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदै यहाँको संस्थाबाट साधारणसभा र राष्ट्रिय महाधिवेशनमा भाग लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (चौथो संसोधन २०७१) को दफा ११(१) को (क) अनुसार २०७२ असोज २५ गतेभित्रमा देहायबमोजिम प्रतिनिधि र पर्यवेक्षकहरू पठाउनुहुन अनुरोध गर्दछु ।

१) संस्थाको कार्यसमितिमा सतप्रतिशत अपाङ्गता भएका व्यक्तिभएको भएमा – २ जना प्रतिनिधि मात्र
२) संस्थाको कार्यसमितिमा ५१ प्रतिशत वा सोभन्दा वढी अपाङ्गता भएका व्यक्ति भएमा – १ जना प्रतिनिधि मात्र
३) संस्थाको कार्यसमितिमा ५१ प्रतिशत भन्दा कम अपाङ्गता भएका व्यक्ति भएमा – १ जना पर्यवेक्षक मात्र
४) २ जना प्रतिनिधि पठाउंदा १ जना महिला प्रतिनिधि अनिवार्य हुनु पर्नेछ भने १ जना मात्र प्रतिनिधि पाउने संस्थाबाट महिलालाई प्राथमिकता दिनु पर्ने छ ।

प्रतिनिधि वा पर्यवेक्षकहरू पठाउँदा देहायबमोजिमका कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुहुन समेत अनुरोध गर्दछु ।

१) प्रतिनिधि वा पर्यवेक्षक पठाउन कार्यसमितिले गरेको निर्णयको प्रतिलिपी
२) प्रतिनिधि वा पर्यवेक्षको पासपोर्ट साइजको २ प्रति फोटो
३) निर्णय गरिएका प्रतिनिधि वा पर्यवेक्षकको पुरा नाम र अपाङ्गता समेत उल्लेख गरि संस्थाको लेटरहेडमा प्रतिनिधि वा पर्यवेक्षक पठाइएको पत्र ।
४) यसैपत्र साथ संलग्न फारम पूर्ण रूपमा भरेर हस्ताक्षर गरिएको प्रति

साधारण सभा कार्यक्रम हुने

मिति : २०७२ कार्तिक २० र २१ गते (शुक्रबार र शनिबार)
उद्घाटन समय : २०७२ कार्तिक २० गते शुक्रबार बिहान ११ बजेबाट
स्थान : पोखरा कास्की ।

साधारणसभाका प्रस्तावहरु

१. महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम ।
२. कोषाध्यक्षको आर्थिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको अनुमानित आय व्यय विवरण
३. लेखा परीक्षकको नियुक्ति ।
४. विविध ।
५. कर्यसमितिको विगठन र निर्वाचनका लागी अध्यक्ष मन्डल गठन
६. केन्द्रीय कार्यसमितिको निर्वाचन ।

खाना, आवास, यातायात र अन्य

• साधारण सभा तथा राष्ट्रिय महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको आवास र खानाको व्यवस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय कार्यालयले गर्ने छ ।
• साधारण सभा तथा महाधिवेशनमा भाग लिन आउने सहभागीले यातायातको लागि आफ्नो क्षेत्रको क्षेत्रीय कार्यालयमा समन्वय गरी आउनुपर्ने छ ।
• व्यवस्थापनको सहजताको निम्ति प्रतिनिधि वा पर्यवेक्षकको लागि यसै पत्रसाथ संलग्न फारम अनिवार्य भरी पठाउनु पर्ने छ ।
• सहयोगीको हकमा क्षेत्रीय कार्यालयले सहयोगी उपलब्ध गराउनुपर्ने भनि गरेको सिफारिस गरेको ब्यक्तिलाई केन्द्रले स्विकृति प्रदान गरे पश्चात मात्र ल्याउन पाईने छ । अन्यथा संस्था आफै जिम्वेवारी हुनु पर्ने छ । यसैगरि पुरुषको सहयोगी पुरुष र महिलाको सहयोगी महिला हुनु पर्नेछ । यसो नभएमा ब्यवस्थपनामा कठिनाई पर्ने हुँदा सो कुरामा विशेष ध्यान पुर्‍याईदिनुहुन अनुरोध छ ।
• साथै महाधिवेशनको अवसर पारेर अपांगता अधिकारका विषयमा विभिन्न अन्तरक्रिया तथा वर्कशपहरु पनि आयोजना गरिने भएको हुंदा कार्तिक १९ गते १२ बजे सम्ममा सबै प्रतिनिधि, पर्यवेक्षकज्यूहरु महाधिवेशन स्थलमा आइपुग्नु हुन अनुरोध छ ।

टीका दाहाल
महासचिव

सँलग्न कागजात:

१) महासचिव द्वारा हस्तारक्षरित निमन्त्रणा पत्रको स्क्यान कपि (पृष्ठ १ | पृष्ठ २ )

२) प्रतिनिधि तथा पर्यवक्षेकको नामावली फारम

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.