Accessibility Options


Skip to Navigation Skip to Content
Sep 15, 2016

नदेखिने प्रकृतिका अपाङ्गता (Invisible disability) सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मिति २०७३ साल भदौ २८ र २९ (September 13 & 14, 2016) विभिन्न प्रकारका झट्ट हेर्दा नदेखिने तर गम्भीर प्रकारका (बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता, अटिज्म, डाउन्स सिन्ड्रोम) अपाङ्गता हरूको बारेमा आफ्ना केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र कर्मचारीहरूलाई दुई दिने अभिमुखीकरणको आयोजना गर्‍यो । डेनमार्कका अपाङ्गता भएका व्यक्तिहरूको महासंघ (DPOD-Denmark) को आर्थिक सहयोगमा सञ्चालित यस अभिमुखीकरण कार्यक्रममा जम्मा ५० जना सहभागीहरू थिए भने विज्ञहरूबाट ४ वटा कार्यपत्रहरू पेश गरिएका थिए ।

Invisible Disablity Workshop

नदेखिने प्रकृतिका अपाङ्गताको मुल प्रवाहीकरणको लागि आफ्नो पैरवीलाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा मनोसामाजिक अपाङ्गता, डाउनस् सिन्ड्रम, अटिज्म र बौद्धिक अपाङ्गताको बारेमा क्रमश कोशिस संस्थाबाट मनोविद श्री ममता भट्टराई, डाउनस् सिन्ड्रोम एशोसिएसन नेपालका डा. ललिता जोशी, अटिज्म केयर नेपालका डा. सुनिता मलेखु र बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष श्री मुकुन्द हरी दहालले कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रहरूमा मुख्य रूपमा उल्लेखित अपाङ्गताहरूको बारेमा विस्तृत परिचय, पहिचान गर्ने तरिकाहरू, मुख्य समस्या, समाधानका उपायहरू र हाल नेपाल सरकारले गरेका कानुनी व्यवस्था र कार्यान्वयनमा भएका समस्याहरूको बारेमा चर्चा गरिएको थियो ।

अभिमुखीकरणले राष्ट्रिय अपाङ्गम महासंघका केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उल्लेखित अपाङ्गताको वारेमा आधारभूत ज्ञान प्राप्त हुनुका साथै यस सँग सम्बन्धित सवालहरू र समाधानका उपायहरुको वारेमा जानकारी प्राप्त भएको छ । यसले आगामी दिनमा महासंघका पदाधिकारी, सदस्य र कर्मचारीहरूलाई स्थानीय स्तरमा नदेखिने प्रकृतिका अपाङ्गता र त्यस्तो अपाङ्ता भएका व्यक्तिहरूको अधिकारका लागि आवाज उठाउन र पैरवी गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

Mr. Raju Basnet of NFDN giving his remarks during Invisible Workshop

नेपालमा अटिज्म प्रभावित व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति, डाउन्स सिन्ड्रोम भएका मानिसहरू र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, दैनिक जीवनयापन, स्वास्थ्य सम्बन्धी सेवा सुविधाहरूमा पहुँच असाध्यै कमजोर रहेको तथ्य विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएको छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.