Accessibility Options


Skip to Navigation Skip to Content
Dec 3, 2015

अपाङ्गता भएका व्यक्तिहरुको २४ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न


People with disabilities and other stake holders participating in Rally to mark IDPDतस्बिर क्यापसन: अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमका सहभागीहरू

अपाङ्गता भएका व्यक्तिहरुको २४ औँ अन्तराष्ट्रिय दिवस डिसेम्बर ३ को मूल औपचारिक समारोह उप-प्रधानमन्त्री एंव महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय सि.पी. मैनाली ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बिहान ८:०० बजे भृकुटिमण्डपबाट प्रभातफेरी सहित बाजा गाजा र विभिन्न सन्देशमुलक नाराहरूका साथ सुरू भएको वृहत र्‍याली पद्मोदय मोड, पुतलिसडक, बागवजार, रत्नपार्क हुँदै पुन भृकुटीमण्डपको बगैँचामा आई औपचारिक समारोहमा परिणत भएको थियो । र्‍यालीको उद्घाटन मानननीय उप प्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री श्री सी. पी. मैनाली ज्यू ले गर्नुभएको करिव २००० मानिसहरू रहेको र्‍यालीमा अपाङ्गता भएका व्यक्ति, अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, अभिभावकहरू, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरू, सरकारी निकायका प्रतिनिधिहरू, विद्यालयका बालबालिकाहरू लगायतको सहभागिता रहेको थियो। औपचारिक समारोहमा आफ्नो शुभकामना सन्देश दिँदै यस दिवसको महत्वलाई हामीले गाउँ गाउँ सम्म पुर्‍याउनु पर्ने र यस्ता दिवसहरू गाउँमा मनाउने बातावरण तयार गर्न पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । देशको नयाँ सम्विधानले दिएका अधिकारहरूलाई स्वीकार गर्दै उक्त अधिकारहरूलाई स्थापित गर्न प्रयत्नशील रहेकोमा अपाङ्गता भएका व्यक्तिहरूको प्रशंसा गर्दै मन्त्री मैनालीले अवका दिनमा राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाएका नियम र कानुनहरूको कार्यान्वयनमा जुट्नुपर्ने र त्यसको लागि सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नुभयो । माननीय मन्त्रीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन पुनर्लेखन भई संसदमा पेश हुनको लागि दर्ता भैसकेको जानकारी पनि सभामा गराउनुभयो र यसलाई संसदबाट चाँडो भन्दा चाँडो पास गराउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्का अतिथि बक्ता महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव श्री मधुप्रसाद रेग्मीले आफ्नो मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्न छिटै राष्ट्रिय कार्ययोजना ल्याउने कुरा बताउनुभयो । कार्यक्रममा सम्पूर्ण अपाङंगता भएका व्यक्तिहरूको तर्फबाट राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदी ज्यूले अपाङ्गता अधिकार सम्बन्धी ऐन जतिसक्दो छिटो लागू गर्नुपर्ने र संविधानमा सुनिश्चित भएका अधिकारहरूको कार्यान्वयको लागि आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न सरकार र सबै सम्बद्ध पक्षसँग माग गर्नुभयो । श्री सुवेदीले सहो क्रममा यस अपाङ्गता भएका व्यक्तिको २४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यूले दिनुभएको शुभकामना सन्देश पनि पढेर सुनाउनुभएको थियो ।

Deputy Priminister and the Minister of Women Children and Social Council Hon. C P Mainali adressing the programतस्बिर क्यापसन: उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री माननीय चन्द्रप्रकाश मैनाली कार्यक्रमलाई सम्बोधन गर्नु हुदै

समारोहमा स्वागत मन्तव्य महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उप सचिव एंव अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका प्रमुख हुमकला पाण्डेज्यूले गर्नु भएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री टीका दाहालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.