Accessibility Options


Skip to Navigation Skip to Content
Sep 1, 2017

अपाङ्ग महासङ्घको पैरवी अभियान


गोरखापत्र दैनिकले भदौँ १६, २०७४ को अंकमा राष्ट्रिय अपाङ्ग महासँघ नेपालको स्थापनाको २५ औँ बार्षिकोत्सवका अवसरमा देशभर गरिएको र आगामी दिनमा पनि निरन्तर गरिरहने पैरवीको समचार छापेको छ। पूरा समाचार यस प्रकार छ।

News Cutting of Gorkhapatraतस्बिर क्यापसन: गोरखापत्र दैनिकमा छापिएको समाचारको कटिङ्ग

अपाङ्ग महासङ्घको पैरवी अभियान

जुम्ला संवाददाता

जुम्ला, भदौ १५

नेपाली अपाङ्गता भएका व्यक्तिको छाता संगठन राष्ट्रिय अपाङ्ग महासँघ नेपाल २५ बर्ष पुगेको अवसरमा देशभर एकैसाथ पैरवी अभियान थालिएको छ। राष्ट्रिय अपाङ्ग महासँघ नेपालका क्षेत्रीय कार्यालयहरू, जिल्लाका आबद्ध संस्थाहरुद्वारा स्थानीय स्तरमा नितिगत सुनिश्चितताका लागि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई भेटेर बिहिबार ११ बजे आफ्ना माग पेश गरेका हुन्।

जुम्ला मा रहेको चन्दननाथ नगरपालिका मा स्थानीय स्तरमा विभिन्न माग पेश गरिएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले बताउनुभयो। उहाँले अन्य गाउँपालिका भौगोलिक दूरीले टाढा भएकाले एक-दुई दिनमा भेटेर माग पत्र दिने बताउनुभयो। राष्ट्रिय अपाङ्ग महासँघ मा आवद्ध सवा तीनसय संस्थाले एकैपटक स्थानीय तहमा सहभागिताका लागि पैरवी थालिएको अध्यक्ष सुदर्शन सुवेदीले जानकारी दिनुभयो। उहाँले महासङ्घको स्थापना पछि देशभर अपाङ्गता भएका व्यक्ति संगठित हुँदै आएको राज्यको नीतिहरुमा सहभागिता हुँदै आएको र नेपालको संविधान २०७२ ले समेत अइपाङ्गताका सवाल समेटेको तथा अपाङ्गता परिमार्जित एन २०७२ पारीत भएको समयममा स्थानीय तहमा नीति तथा कार्यक्रममा अपाङ्गताका सवाल समेट्न यो अभियान थालिएको बताउनुभयो।

स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिले दिएको अधिकार प्राप्तिका लागि गाउँ तथा नगर क्षेत्रमा गरिने सिफारिसमा छुट, सबै संरचना अपाङ्गमैत्री निर्माण बन्नुपर्ने, समावेशी सिद्धान्तमा योजना निर्माण गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि र विकास कार्यक्रममा प्राथमिकता, यातायातमा छुट, सिबिआर कार्यक्रमलाई स्थानीय तह मार्फत सञ्चालन, निशुल्क सहायक सामाग्री तथा उचित सामाजिक सुरक्षा भत्ताको व्यवस्था, अन्तराष्ट्रिय अपाङ्गता सन्धि विषयमा जनचेतना कार्यक्रम गर्नुपर्ने लगायत रहेका छन्।

(मिति २०७४ भदौ १६ गतेको गोरखापत्र दैनिकबाट साभार गरिएको)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.