Accessibility Options


Skip to Navigation Skip to Content
Apr 19, 2016

निजी क्षेत्रमा रोजगारीका अवसर सृजना सम्बन्धमा छलफल


मिति २०७३ वैशाख ७ गते राष्ट्रिय अपाङ्ग महासँघ नेपाल तथा नेपाल उद्योग वाणिज्य महासँघका पदाधिकारीहरूको बिचमा भेटवार्ता हुनुका साथै निजी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी प्रवर्द्धनका विषयमा छलफल भयो।

सो भेटमा राष्ट्रिय अपाङ्ग महासँघका नेपालका तर्फबाट अध्यक्ष श्री सुदर्शन सुबदी, महासचिव श्री राजु बस्नेत तथा रोजगारी सम्बन्धी परियोजनाका कर्मचारीहरू श्री सागर प्रसाईँ तथा विशाल दाहालको सहभागीता रहेको थियो भने नेपाल उद्योग वाणिज्य महासँघको तर्फबाट अध्यक्ष श्री पशुपति मुरार्का, उपाध्यक्ष श्री शेखर गोल्छा तथा कार्यसमिति सदस्य श्री रन्जित आचार्यको सहभागिता रहेको थियो।

छलफलका क्रममा राष्ट्रिय अपाङ्ग महासँघ नेपालका सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको वर्तममान अवस्था, यस विषयमा हालसम्म महासँघले गरेका कार्यहरू तथा अबका दिनमा रोजगारीका अवसरहरू सृजना गर्न सरकार तथा निजी क्षेत्रसँग आवश्यक सहकार्यको बारेमा प्रकाश पार्नुभयो।

Meeting with FNCCI Preisdent and team

साथै यसै भेटमा अपाङ्ग महासँघका अध्यक्ष श्री सुदर्शन सुबेदीले उद्योग वाणिज्य महासँघका अध्यक्ष श्री पशुपति मुरार्कालाई अनुरोध पत्र बुझाउदै अपाङ्गता भएका ब्यक्तिहरुलाई आर्थिक रुपमा आत्म निर्भर भई आफ्नै शिप श्रम र पसिनामा बाँच्न सक्षम बनाउन "एक औधोगिक वा ब्यवारीक प्रतिष्ठन - १ अपाङ्गता भएका ब्यक्तिलाई रोजगारी" भन्ने अभियानकासाथ हरेक निजी संस्थामा कम्तिमा १ जना अपाङ्गता भएका ब्यक्तिलाई रोजागरी दिने निर्णय गरि सवै निकायमा पत्राचार गरि रोजागरीको अवसर प्रदान गर्नका अनुरोध समेत गर्नुभयो।

उद्योग वाणिज्य महासँघका तर्फबाट सम्पुर्ण सहभागीहरू यस भेटघाटले आफुहरूलाई अपाङ्गताको सवाल प्रति अझ बढि जिम्मेवार र सचेत बनाएको तथा आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीका प्रवर्द्धनको विषयलाई महत्वपुर्ण एजेन्डा बनाएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

आजको यस महत्वपुर्ण भेटघाट तथा छलफलवाट राष्ट्रिय अपाङ्ग महासँघ नेपालले आगामीदिनमा अपाङ्गता भएका व्यक्तिहरूकोलागी रोजगारी धेरै अवसरहरू सृजना हुनेछन् भन्ने विश्वास लिएको छ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.