Accessibility Options


Skip to Navigation Skip to Content
Sep 15, 2017

वकालत अभियानकर्ताहरूका लागि पाँच दिने प्रशिक्षक प्रशिक्षण


Mr. Raju Basnet taking a session during the training

Photo Caption: Mr. Raju Basnet taking a session during the five days TOT

स्थानीय तहमा अपाङ्गता समावेशी विकासलाई प्रवर्द्धन गर्न सक्षम अभियानकर्ताहरू उत्पादन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र एन एल आरको सहयोगमा सेप्टेम्वर ८ देखी १२ सम्म पाँच दिने "अपाङ्गता समावेशी विकासका लागि पैरवी" विषयक तालिम सम्पन्न गरियो । राष्ट्रिय अपाङ्ग महासंघको आयोजना र नेदरल्याण्ड लेप्रोसी रिलीफको आर्थिक सहयोगमा काठमाडौमा सञ्चालित उक्त तालिममा १९ जिल्लाका ८ जना महिला सहित ३० जना अपाङ्गता अधिकार अभियानामा काम गरिरहेका अधिकारकर्मीहरूले भाग लिएका थिए । तालिममा मुख्य रूपमा गाउँपालिका नगरपालिका र प्रदेश स्तरमा बन्ने विभिन्न नीति, नियम र विकासका कामहरूमा अपाङ्गताका सवालहरूलाई कसरी समावेशीकरण गर्ने र निर्णय प्रकृयामा कसरी सहभागी हुने भन्ने विषयमा सहभागीहरूलाई तालिम दिइएको थियो । देशमा संघीय प्रणाली अनुसार निर्वाचनहरू भैरहेको र स्थानीय तहमा जनप्रतिनिधिहरूले काम गर्न थालेका छन् । संविधानले स्थानीय निकायहरूलाई स्थानीय विकास र जनसरोकारका सवै विषयमा स्वतन्त्र रूपमा काम गर्ने अधिकार दिएको छ । यस परिवर्तित परिस्थितिमा अपाङ्गताको विभिन्न सवालहरूलाई स्थानीय विकास प्रकृयामा समावेश गराउन, स्थानीय तहमा काम गरिरहेका अपाङ्गता भएका व्यक्तिका संस्थाको क्षमता विकास गर्ने,  स्थानीय तहबाट प्रवाहित सेवा सुविधाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको धेरै भन्दा धेरै पहुँच बढाउन र प्रादेशिक तहमा बन्ने नीति र कानुनहरू प्रभाव पार्न तालिम प्राप्त अभियानकर्ताहरूले काम गर्ने विश्वास महासंघले लिएको छ । तालिममा समावेशी विकास, अपाङ्गता समावेशी विकास, पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा, दिगो विकासका लक्षहरू, मानवअधिकार, अपाङ्गताको अधिकारमुखी अवधारणा, महिला र वालवालिकाका अधाकारहरू, संस्थागत विकास तथा सुशासन, प्रमाणमामा आधारित पैरवी जस्ता विषयहरूमा प्रशिक्षण दिइएको थियो ।

Participants during the group discussion

Photo Caption: Participants during group discussion

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.