Accessibility Options


Skip to Navigation Skip to Content
Nov 10, 2015

अपाङ्गता अधिकारमीहरूको सम्माननीय राष्ट्रपतिसँग भेटघाट सम्मपन्न


Disability Rights Activists with  Newly  appointed President of Nepal- Mrs. Bidhya Devi Bhandariतस्बिर क्यापसन: राष्ट्रिय अपाङ्ग महासँघ नेपाल तथा सदस्य सँस्थाहरूका प्रतिनिधिहरू सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सँग भेटघाट कार्यक्रम पछि सामुहिक तस्बिर खिचाउँदै।

राष्ट्रिय अपाङ्ग महासँघ नेपाल तथा यसका सदस्य सँस्थाहरूका प्रतिनिधिहरू तथा अपाङ्गता अधिकारकर्मीहरूको गणतान्त्रिक नेपालका प्रथम महिला राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्यूसँग सामुहिक भेटघाटट कार्यक्रम सम्पन्नन भएको छ। सो भेटघाट कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका तर्फबाट सम्माननीय राष्ट्रपति महोदयलाई बधाई तथा शुभकामना प्रदान गरिनुका साथै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागी सम्माननीय  राष्ट्रपति ज्युबाट आगामी दिनमा विशेष पहलकदमी र निर्देशन होस् भनि अनुरोध गरिएको छ।

मिति २०७२ कार्तिक गते भएको सो भेटघाट कार्यक्रम राष्ट्रपतिको कार्यलय शितलनिवासमा भएको थियो। सो भेटघाट कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासँघ कि महासचिव श्री टिका दाहालले समग्र अपाङ्गता भएका व्यक्ति तथा तिनका सँस्थाहरूको तर्फबाट सम्मानीय राष्ट्रपति महोदयलाई  बधाई तथा शुभकामना प्रदान गर्नुभयो। श्री दाहालले बधाई तथा शुभकामना सम्बन्धी पत्र राष्ट्रपतिलाई टक्र्याउनु हुदै वहाँको आगामी कार्यकालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागी विशेष कार्य तथा पहल हुनेछ भन्नेमा आफूहरू विश्वस्त गरेको कुरा अनुरोध गर्नुभयो।

अपाङ्गता अधिकारकर्मीहरू राष्टपति ज्यु समक्ष बहुसंख्यक अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजीक सूरक्षा, दैनिक सेवा तथा अत्यावश्यक आधारभुत अधिकार प्राप्त गर्नबाट बन्चित रहेका कुरा अवगत गरााईयो। अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले न्यायिक तथा ठोस् कार्यक्रम ल्याउनु पर्ने साथै वि.सं. २०६९ सालमा सर्वोच्च अदालतको फैसला अति असक्त र पूर्ण अशक्त अपांगता भएका व्यक्तिका लागि सहयोगी सेवा र जिवन निर्वाह भत्ता पाउने सम्बन्धी व्यवस्था तुरुन्त कार्यान्वयन हुनु पर्ने टड्कारो आवश्यकतालाई औल्याईएको थियो। तसर्थ अपाङ्गता भएका व्याक्तिहरूका अधिकार, आत्मसम्मान, सामाजिक सुरक्षा, अवसरको समानीकरणका लागि सम्माननीयज्यूबाट विशेष पहल र निर्देशन हुने छ भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरेका थिए।

साथै, नेपालमा हाल विद्यमान रहेको इन्धनको अभाव का कारण खाना पकाउने ग्यांस, पेटेल, मट्टितेल डिजेल लगायतका इन्धनको अभावमा दैनिक खाना खान र अवागमनमा पूर्णरुपमा अवरोध भएकोले अपांतगा भएका व्यक्तिहरु थप कष्टकर जिवन व्यतित गर्न वाध्य भएका र दैनिक जिवन संचलनमा दर्दनाक परिस्थितिको सामना गर्नु परिरहेको अवस्था पनि राष्ट्रपति ज्युलाई जानकारी गराईएको थियो। यसलाई मध्यनजर गर्दै यस प्रकारको समस्या चांडो भन्दा चांडो समाधान गर्न र अपांगता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा सुविधा प्रदान गराउने कार्यमा सम्माननीय राष्ट्पति महोदयको पहल कदमीेका लागि अभिभावकत्व प्रदान हुने छ भन्ने विश्वास सहित अनुरोध समेत गरिएको थियो।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.