Accessibility Options


Skip to Navigation Skip to Content
May 19, 2016

"रूपान्तरण" चौमासिक पत्रिका २०७३ को असार अङ्कका लागि लेखरचना पठाउने बारे सूचना


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विगत १९ वर्ष देखि आफ्नो मुखपत्रको रूपमा निरन्तर प्रकाशित गर्दै आइरहेको चौमासिक पत्रिका"रूपान्तरण" को २०७३ कोअसार अङ्क शिघ्र प्रकाशन हुन गइरहेको हुँदा उक्त अंक मा लेख रचना समावेश गर्न इच्छुक महानुभावहरूबाट यही २०७३ जेठ महिना भरी लेख रचना आह्वान गरिन्छ।

प्रकाशनको लागि पठाइने लेख रचनाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी कुनै एक हुन सक्नेछ । तर त्यस किसिमका लेख रचना अपाङ्गताको कुनै पनि सवालमा लेखिएको तथा अपाङ्गता सँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु सँग सम्बन्धित हुनु पर्नेछ । खोजमुलक, प्रमाण वा सत्य घटनामा आधारित, तथ्यपरक, लेख, रचना, प्रतिवेदन वा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धनमा सघाउ पुर्‍याउने सृजनात्मक विचारलाई प्राथमिकता दिइनेछ ।

लेख तयार पार्न अध्ययन गर्नुभएका वा प्रयोग भएका सन्दर्भ सामग्रीहरूको सूचि अनिवार्य उपलब्ध गराउनु पर्नेछ । सम्पादन टोलिका सदस्यहरूले पठाइएका सामग्रीहरूको बारेमा लेखकसँग केहि बुझ्नु परेमा मेल वा फोन मार्फत सम्पर्क गर्नु पर्ने हुन सक्छ । तसर्थ लेखकले कम्तिमा आफ्नो इमेल र फोन नम्बर उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ ।

लेख रचनाहरु रुपान्तरण पत्रिकाको ईमेल ठेगाना rupantaran@nfdn.org.np मार्फत तथा महासंघको केन्द्रीय कार्यालयको ठेगानामा हुलाक मार्फत पनि पठाउन सकिनेछ। यस सम्बन्धी विस्तृत जानकारी महासंघको केन्द्रीय कार्यालयबाट लिन सकिने व्यहोरा समेत सूचित गरिएकोछ।

पुनश्च : उपरोक्त अनुसार विवरणहरु उल्लेख नभई आएका लेखहरु प्रकाशन गर्न सम्पादक मण्डल बाध्य हुने छैन । साथै आफ्ना लेखहरुको सकेसम्म शुद्धाशुद्धी परीक्षण गरी बुझिनेगरी पठाउनु हुन समेत अनुरोध छ ।

हुलाक मार्फत लेख रचना पठाउने ठेगाना:

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
केन्द्रीय कार्यालय, भृकुटीमण्डप, काठमाडौं नेपाल
पोष्ट वक्स ९१८८
फोन नं ०१४२३११५९

ईमेल मार्फत पठाउने ठेगाना: rupantaran@nfdn.org.np

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.