Accessibility Options


Skip to Navigation Skip to Content
Sep 1, 2015

स्थापना दिवसको उपलक्षमा सद्भाव र्‍याली


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो २२ औँ स्थापना दिवसको उपलक्षमा आज भृकुटीमण्डपबाट एक र्‍यालीको आयोजना गर्‍यो । हक अधिकार र राज्य माग्ने नाममा देशमा हाल भैरहेको हिंसा वन्द, हडताल र सामाजिक सद्भाव खलवल्याउने खालका गतिविधिहरूको विरोध गर्न र सामाजिक सद्भाव र शान्ति कायम गर्न सम्बन्धित सबैमा अनुरोध गर्न उक्त र्‍यालीको अयोजना गरिएको हो ।

Rally organized by NFDN for disabled friendly constitutionतस्बिर क्यापसन: अपाङ्गता भएका व्यक्तिहरू सद्भाव र्‍यालीमा सहभागी हुँदै

३०० भन्दा बढी अपाङ्गता भएका व्यक्ति, अपाङ्गता अधिकार कर्मी, अपाङ्गता भएका व्यक्तिका अभिभावक र सर्वसाधारणको सहभागिता रहेको उक्त र्‍यालीमा संविधानको अन्तिम मस्यौदामा सुनिश्चित भएका अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई कामय राख्दै समयमै संविधान जारी गर्न पनि अनुरोध गरियो । भृकुटिमण्डपबाट सुरू भएको उक्त सदुभाव र्‍याली पद्मोदयमोड, पुतलिसडक, शंकरदेव क्याम्पस र काठमाडौँ मोडेल हस्पिटल हुँदै पुन भृकुटीमण्डपमै छोटो कोणसभामा परिणत भएको थियो ।

President of NFDN addressing the participant after rallyतस्बिर क्यापसन: राष्ट्रिय अपाङ्ग महासँघका अध्यक्ष सुदर्शन सुबेदी र्‍यालीको समापन पछिको कोणसभालाई सम्बोधन गर्नुहुदै।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदीले हक अधिकार माग्ने नाममा राष्ट्रियता, राष्ट्रिय सद्भाव र सामाजिक सद्भावमै खलल पार्ने कृयाकलापहरूको महासंघ सँधै खिलापमा रहेको र अधिकारहरूको लडाँइ सँधै शान्तिपूर्ण, अरूको अधिकारको सम्मान र रक्षा गर्दै र तार्किक निश्कर्षमा पुग्नेगरि हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । वहाँले महासंघको पहल र सदस्य संस्थाको साथ र सहकार्यबाट संविधानको अन्तिम मस्यौदामा सुनिश्चित गरिएका अधिकारहरू देशका सबै अपाङ्गता भएका व्यक्तिको जीवनमा साँच्चिकै परिवर्तन ल्याउन सक्ने खालका भएको कुरा उल्लेख गर्दै उक्त उपलब्धीहरूलाई गुम्न नदिन संविधान जारी हुने अन्तिम मितिसम्म निरन्तर खवरदारी गरिरहने कुरामा समेत प्रतिवद्धता व्यक्त गर्दै संविधानमा अपाङ्गता अधिकार आयोगको छुट्टै व्यवस्था हुनुपर्ने कुरामा थप पहलहरू भैरहेको बारेमा पनि जानकारी गराउनुभयो ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.