Accessibility Options


Skip to Navigation Skip to Content
Jul 30, 2015

नेपालको संविधानको प्रारम्भिक मस्यौदा २०७२ को राय सुझाव प्रतिवेदनमा समावेश भएका अपाङ्गता भएका व्यक्तिका अधिकारका सम्बन्धमा सुझावहरू


नेपाल सरकारले सँविधानको पहिलो मस्यौदा जारी गरेपछि नागरीक सम्बन्ध तथा सँविधान सुझाव समितले देशभरीबाटै जनतासँग नया सँविधानको लागी सुझाव मागे। त्यस क्रममा देशभर बाटै सबै तह र तप्काका नागरीकहरूले आफ्नो वर्ग, क्षेत्र र समग्र देश सँचालनका बिभिन्न विषयमा सुझाव र प्रतिक्रियाहरू दिए। अपाङ्गता भएका व्यक्तिहरू र सँस्थाहरूले पनि सक्रिय रुपमा बिभिन्न सुझाव संकलन केन्द्रहरूमा आफै उपस्थित भएर र अन्य विधुतीय माध्यमबाट अपाङ्गताका र अन्य सवालमा सुझावहरू दिए।

President of NFDN giving feedback in the draft of constitution

तस्बिर क्याप्सन: राष्ट्रिय अपाङ्ग महासँघ नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुबदी सँविधानको मस्यौदामा सुझाव दिनुहुदै।

यसरी सम्पुर्ण नागरीकहरूबाट प्राप्त भएको सुझावहरूलाई संकलन गरेर र त्यसलाई सँसाधन गरेर नागरीक सम्बन्ध तथा सँविधान समितिले आफ्नो "संविधानको विधेयकको पहिलो मस्यौदामाथि नेपाली नागरिकिरुको राय सुझाव वा प्रतिक्रिया सम्बन्धी प्रतििेदन २०७२" संविधान सभालाई बुझाएको छ।यस प्रतिवेदनमा अपाङ्गताका सवालका सुझावहरू पनि प्रशस्त मात्रामा समावेश भएका छन्। यस प्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार असाध्यै खुशी व्यक्त गर्न चाहन्छ र अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूप्रति सचेत र सम्बेदनशील भएर सुझाव पेश गर्नुहुने आम नेपाली नागरिक, सबै पेशाकर्मी, वुद्धिजीवीहरू, पत्रकार, हरू, अपाङ्गता भएका व्यक्तिहरू, अपाङ्गता अधिकारकर्मी हरू, महासंघका सदस्य संस्थाहरू, क्षेत्रीय तथा जिल्ला निकायहरू सबैलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गर्दछ ।

नेपालको संविधानको प्रारम्भिक मस्यौदा २०७२ को राय सुझाव प्रतिवेदनमा समावेश भएका अपाङ्गता भएका व्यक्तिका अधिकारका सम्बन्धमा सुझावहरू

(संविधानको विधेयकको पहिलो मस्यौदामाथि नेपाली नागरिकहरूको राय सुझाव वा प्रतिकृया सम्बन्धी प्रतिवेदन २०७२ बाट साभार )

भाग १ प्रारम्भिक

• नेपाली साङ्केतिक भाषा समावेश हुनुपर्ने

भाग २ नागरिकता

• दलित, आदिवासी, जनजाती, अपाङ्गता भएका महिला, एकल महिला, मधेशी महिला, मुस्लिम महिला, किशोरी, खस, आर्य महिलाको राज्यका हरेक निकायमा अनिवार्य सहभागिता हुनुपर्ने ।

भाग ३ मौलिक हक र कर्तव्य

• वृद्ध व्यक्ति तथा बौद्धिक अपाङ्गता, अशक्तका लागि सहयोगी र आवासको हक हुनुपर्ने
• अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै मौलिक हकको व्यवस्था गरि राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने ।
• धारा ४७ को उपधारा १ मा "अपाङ्गता" शब्द थप्नुपर्ने

भाग ४ राज्यका निर्देशक सिद्दान्त

• अपाङ्गता भएका व्यक्तिहरूले राष्ट्रिय संरक्षण पाउने हक हुनुपर्ने

भाग ८ संघीय व्यवस्थापिका

• धारा ८८ को उपधारा २ मा "अपाङ्गता" भन्ने शब्द थप्नुपर्ने
• धारा २१३ को उपधारा ५ र २०१४ को उपधारा ५ का सबै समानुपातिक तथा मनोनयनका लागि गरिएका व्यवस्थाहरूमा "अपाङ्गता" भन्ने शब्द थप्ने ।

भाग १३ प्रादेशिक व्यवस्थापिका

• धारा १७५ को उपधारा ४ मा राना थरूवा, "अपाङ्गता" शब्द थप्ने

भाग १६ स्थानीय कार्यपालिका

• धारा २१३ को उपधारा ५ मा "अपाङ्गता" शब्द थप गर्नुपर्ने

(पुरै प्रतिवेदन यहाँ बाट डाउनलोड गर्न सकिनेछ।)

हामीलाई आशा छ तपाँइ-हामीले दिएका सुझावहरूलाई शिर्ष नेताहरू र संविधानसभाले लत्याउने छैन र हामीले हाम्रा अधिकारहरू नेपालको नयाँ संविधानमा सुनिश्चित भएको हेर्न पाउनेछौँ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.