Accessibility Options


Skip to Navigation Skip to Content
Jul 14, 2015

Broader organization Development project बारेमा सुचना माग गरिएको सम्बन्धमा


श्री अध्यक्ष ज्यु,

७४ जिल्लाका राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सदस्य संस्थाहरु ।

विषयः जानकारी तथा सूचना माग गरिएको सम्बन्धमा ।

प्रिय सहकर्मी साथीहरु नमस्कार ,

वर्तमान कार्यसमितिले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तीन बर्षे यात्राको वागडोर समाति संस्थाको नेतृत्व गर्ने जिम्बेवारी पाएको हिजो जस्तो लाग्छ तर थाहै नपाई तीन बर्ष पनि वितेछ र नयाँ नेतृत्व चयन गर्ने संस्थागत प्रकृयामा पनि हामी अगाडी बढ्दैछौं ।
यो तीन बर्षे कार्याकाल भित्र हामीले के कस्ता चुनौति सामना गर्नु पर्‍यो, दैनिक कार्यसम्पादन र नेतृत्वमा कति सहज, कति असहज, सफलता, असफलताको फैसला गर्ने जिम्मेवारी तपाँई सदस्य संस्थाका सहकर्मी साथीहरुलाई दिन चाहान्छु किनकी यसको न्यायाधिस तपाईहरु नै हुनुहुन्छ ।
विभिन्न आरोह अवरोहका बाबजुद पनि महासंघको साखलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा अझ उचाइमा पुर्याउन हामीले सक्दो प्रयास गरेका छौँ र धेरै सफल भएको पनि हामीले महसुस गरेका छौ ।
महासंघले केही महत्वपूर्ण नीतिगत र संस्थागत उपलव्धीहरु हासिल गरेको छ जुन उपलव्धीको कारणले महासंघ अझै दह्रो र विश्वासीलो भएको छ । तर अहिले पनि हाम्रो मनमा एउटा प्रश्न खड्कीरहेको छ । त्यो हो सदस्य संस्थाहरुको संस्थागत विकास । हामीले तीन बर्षको कार्य अनुभवमा महासंघ स्थापना भएदेखी नै सदस्य संस्थाहरुको संस्थागत विकासमा व्यावस्थित ढंगबाट कार्य नगरेको अनुभव गरेका छौँ ।
त्यसैले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अवको भिजन सदस्य संस्थाहरुको संस्थागत विकासमा व्यापक लगानी गर्ने हुनुपर्छ । त्यसकोलागि प्रथम कुरा हामीलाई आवश्यक पर्ने श्रोत जस्को साधै संकट नै रह्यो । हाल महासंघ संग काम गर्ने साझेदारहरुको आ-आफ्नै एजेण्डाको कारणले गर्दा हमी ७५ वटै जिल्लामा समानरुपमा जान सकेनौं । तर लामो छलफल र वहस पश्चात हाम्रा वर्तमान साझेदारहरु सदस्य संस्थाको संथागत विकासमा पनि कार्य गर्न सहमत हुँदै आएका छन् ।

अर्को खुसीको कुरा के भने महासंघले देशभरीका सदस्य संस्थाहरुको क्षमता विकास र दिगोपनाको लागि वृहत संस्थागत परियोजना (Broader organization Development project ) (BODP ) मिति २०७२ असार २७ गतेको केन्द्रिय कार्य सम्पादन समितसको निर्णय अनुसार तयार गर्दैछ । यस परियोजनालाई आवश्यक श्रोत जुटाउन राष्ट्रिय योजना आयोगको सहकार्यमा हामीले निकट भविष्यमा नै अपाङ्गताको परिप्रेक्षबाट वृहत दाता सम्मेलन गर्दै छौ । उक्त दाता सम्मेलनमा हामी हाम्रा सदस्य संस्थाहरुको समेत प्रोफाईल पेश गर्न चाहान्छौं र हाम्रो आवश्यकता स-प्रमाण पेश गर्न चाहान्छौं । हाम्रो यो महत्वकंक्षी योजना भएतापनि यसलाई व्यवहारमा ल्याउन हरसम्भव प्रयत्न गर्नेछौँ र यसलाई सफल बनाएर छोड्नेछौँ । किनकी यसका लागि महासंघले हाल परिचालन गरेको १७ जिल्लामा ८५ जना स्वंयमसेवकको संख्यामा बढाई ५०० जना पुर्याई हामी गाउँ गाउँमा महासंघ भन्ने अभियान साकार पार्ने प्रयासमा छौँ र यो कार्यक्रम सकेसम्म १ जनवरी २०१६ देखी लागू गर्ने योजना रहेको छ ।

त्यसका लागी यहाँको दरिलो साथ सहयोग र सहकार्यको आवश्यकता पर्दछ त्यसैले यस पत्रसाथ समावेश गरिएको फारम भरी २०७२ सावन मसान्तर सम्म ईमेल र हुलाक दुवै माध्यमबाट केन्द्रिय कार्यलयमा पठाउन अनुरोध सहित निर्देश गरिन्छ ।

कार्यार्थ
श्री अध्यक्ष ज्यु पुर्वाअन्चल मध्यमाअन्चल पश्चिमाअन्चल मध्यपश्चिमाअन्चल र सुदुर पश्चिमाअन्चल क्षेत्रिय कार्यलाय ।
बोधार्थ
श्री क्षेत्रिय संयोजक, पुर्वाअन्चल मध्यमाअन्चल पश्चिमाअन्चल मध्यपश्चिमाअन्चल र सुदुर पश्चिमाअन्चल क्षेत्रिय कार्यलाय ।

‍...................
(सुदर्शन सवेदी )
अध्यक्ष
...............
(टीका दहाल )
महासचिव

सुचना पठाउने फारम डाउनलोड गर्नुहोस

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.