Accessibility Options


Skip to Navigation Skip to Content
Jul 14, 2015

संबिधानको मस्यौदा उपर सुझाव दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अत्यन्त जरुरी अनुरोध


अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ।
अहिले लागेनौ भने, हामी आठौंसताव्दीमा पुग्ने छौ ।
ईतिहासले हामीलाई धिक्कार्ने छ नयाँ पुस्ताले धिक्कार्नेछन्

श्री अध्यक्ष ज्यु
पुर्वाअन्चल, मध्यमाअन्चल, पश्चिमाअन्चल,मध्यपश्चिमाअन्चल र सुदुपश्चिमाअन्चल क्षेत्रिय कार्यालय राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ।

जिल्ला कार्यसमिति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ।

७४ जिल्लाका सदस्य संस्थाका अध्यक्ष पदाधिकारी तथा सदस्य साथीहरु ।

सवै अपाङ्गता भएका साथीहरु र अपाङ्गताको सवालसंग सरोकार राख्ने शुभचिन्तक तथा महासंघमा आवद्ध नभई अपाङ्ता क्षेत्रमा कार्य गर्ने संघसस्था तथा नागरिकसमाजका प्रतिनीधि ज्यु हरु ।

बिषय : नेपालको संविधान २०७२ को मस्यौदामा सकृय रुपमा सुझाव दिन अनुरोध सम्व्धमा ।

मुलुक अहिले परिवर्तनको मोडमा रहेको छ । नेपाली जनताले लामो समयदेखी ब्यग्रतापुर्वक प्रतिक्षा गरेको नयाँ संविधानको मस्यौदा हामी सामु आईसकेको यहाँहरुलाई विधितै छ । यस मस्यौदामा थुप्रै राम्रा कुराहरु परेका छन् जसकालागी हामी संविधान सभा सदस्यहरुलाई धन्यवाद दिनै पर्दछ । यतिहुदाहुदै पनि राज्यको मुल माउ नीतिको रुपमा रहेको हाम्रो राजनीतिक अधिकार छुटेको हुदा महासंघ अत्यन्तै दुखीत भएको छ । तसर्थ संविधानमा हाम्रा सवालहरुलाई समाबेश गर्ने हरेक जिल्लामा निम्न अनुसारका कार्य गर्न हार्दिक अनुरोध गर्दछौ ।

१. अहिले संविधानको बारेमा सुझाव संकलन गर्न गाउँ तथा नगर स्तरमा सरकारका आधिकारीक प्रतिनिधी गाउ बिकास समितिबाट पनि यो छलफल हुदैछ तर्यसैले उक्त छलफलमा सहभागीहुन गाउँ गाउँका डिपिओजहरुलाई जानकारी गराई सुचना दिने

२. प्रमुख दलहरुका कार्यलयहरुमा गई लिखितरुपमा हाम्रा सुझाव दर्ता गराउने र हरेक राजनीतिक संयन्त्रबाट जाने सुझावमा अनिवार्य अपाङ्गता भएका नागरिकहरुको समुदायको सवाल समावेश गर्न लगाउने ।

३. सावन ४ र ५ गते नेपालभरी छलफलहुने हरेक निर्वाचन क्षेत्रमा अनिवार्य सहभागीभई हाम्रो सवाल बढी भन्दा बढी अपाङ्गता भएका साथीहरु सहभागी भई दह्रोगरि उठाउने ।

४. संविधान सभा नागरिक सम्वन्ध तथा सुझाव समितिको निम्न ठेगानामा फोन,ईमेल फ्याक्स गरि बढी भन्दा बढी साथीहरुले सुझाव दर्ता गराउने ।

संविधान सभाको पहिलो मस्यौदामाथी सुझाव/ प्रतिकृया दिने माध्यमहरु

पोष्ट बक्स नं २००९९ काठमाण्डौ नेपाल

फ्यक्सबाट सुझाव दिन फ्याक्स नं ४२००१९४, ४२०००५३, ४२००१४१

फोनबाट टिपाउन पैसा नलाग्ने टोल फ्री नं १६६००१२२३४४

ईमेलबाट सुझाव दिनकोलागी ईमेल nparl.international@can.gov.np, comt.crcs@gmail.com

सँविधानका प्रत्यक धारा अनुसारका सुझावहरू दिन: http://constitution.org.np/constituents.php

संविधानको मस्यौदामा सुझाव दिनको लागी आवश्यक पर्ने दस्तावेजहरू डाउनलोड गर्नुहोस्।

१. नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा उपर ३० लाख अपाङ्गता भएका नागरिकहरुको तर्फबाट तीनमहले तयार पारिएको सुझावको बृस्तृत खाका | Download

२. सभासदहरूलाई लेख्नको लागी नमुना पत्र | Download

३. राजनैतिक दलहरूलाई लेख्नको लागी नमुना पत्र |Download

४. नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति | Download

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.