Accessibility Options


Skip to Navigation Skip to Content
Jul 3, 2015

प्रेस वक्तव्य: पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटी राजनीतिक अधिकार छुटेको ध्यानाकर्षण गराईएको


प्रेस बिज्ञप्ती

काठमाण्डौ

२०७२/०३/१८ गते बुधबार

आदरणीय संचारकर्मी तथा संचारगृह प्रमुख ज्यु

बिषय : पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटी राजनीतिक अधिकार छुटेको ध्यानाकर्षण गराईएको सन्दर्भमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा आज

पुर्वप्रधानमन्त्री तथा एमाओबादी पर्टीका अध्यक्ष पुष्पमल दहाल प्रचण्डलाई उहाकै निवास लाजिम्पाटमा पुगी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा भेट गरि ध्यानकर्षण सहितको ज्ञापनपत्र बुझायो । उक्त ज्ञापनपत्रमा ज्ञनेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा अपाङ्गता भएका नागरिकहरुको राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्व छुट भएको हुदा अनिवार्य रुपमा समावेश गर्नु पर्ने भनि उल्लेख उल्लेख गरिएको थियो ।

भेटका क्रममा उपस्थिता सवै अपाङ्गता भएका ब्यक्तिहरुले नेपाल राष्ट्र अहिले परिवर्तनको मोडमा निरन्तर लागि रहेको छ नेपाली जनताले ब्यग्रतापुर्वक प्रतिक्षा गरेको नयाँ सम्विधान निर्माणको कार्य तिव्र गतिमा अगाडि बढेकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल खुसि ब्यक्त गर्दछ । संविधानसभामा सहभागीताकालागी बिगतमा महासंघले बिभिन्न चरणमा अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएपछी ४३ दिनसम्म सडक आन्दोलन र ११ दिने रिले अनसन पछी नेपाल सरकारसंग गरेको सम्झौता पश्चात राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आन्दोलन स्थगित गरेको थियो । तर दल र सरकारले हामीलाई पुर्ण रुपमा धोका दिई उक्त सम्झौता पालना नगरेको कारणले हाम्रो प्रतिनिधित्व संबिधानसभामा हुन सकेन । र अहिले प्रस्तवित मस्यौदामा अपाङ्गता भएका नागरिकहरुको राजनीतिक अधिकारका सवालमा दलहरुले पुरै बेवास्ता गरेको हुदा दखित भएको बताए ।

अध्यक्ष प्रचण्डसंग छलफलका क्रममा समानुपातिक सिटको लागी भनि छुट्याईएको ४० प्रतिशत मध्ये अपाङ्गता भएका समुदायहरुकोलागी जनसंख्याको आधारमा प्रतिनिधीसभा, राष्ट्रिय सभा र प्रान्तिय प्रतिनिधी सभामा समेत प्रतिशत आरक्षण गरि अपाङ्गता भएका ब्यक्तिहरुको राजनीतिक सहभागीता र प्रतिनिधीत्वको अधिकार अनिवार्य रुपमा नयाँ सम्विधानमा समावेश गर्नु पर्ने ।,समानुपातिक प्रतिनिधित्वकोलागी जनजाती,महिला, दलित, मधेशी, थारु , मुस्लिम पिछडिएको क्षेत्र अल्पसंख्यक आदि उल्लेख गरेको सवै स्थानमा अपाङ्गता भएका नागरिकहरुको समुदाय भनि स्पस्ट किटानि गरि समावेशीकरणको सिद्धान्त अनुसार ३० लाख अपाङ्गता भएका ब्यक्तिहरुलाई बेवास्ता नगरि उनिहरुका आर्थिक सामाजिक साँस्कृतिक राजनीतिक र नागरिक अधिकार अनिवार्य रुपमा नयाँ सम्विधानमा उल्लेख गरि प्रतिनिधित्वको सुनिश्चिता गराउनु पर्ने ।, प्रस्तावित संबिधानको मस्यौदामा प्रतिनिधी सभाको समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्यीयको समानुपातिक उमेदवारी दिदा जनसंख्या भौगोलीक र प्रादेशिक सन्तुलनको आधारमा महिला, दलित, आदिबासी, जनजाती, खस, आर्य, मधेशी, थारु, मुस्लिम र पिछडीएको क्षेत्र अल्पसंख्यक समुदायबाट बन्दसूचिको आधारमा प्रतिनिधित्व गराउने ब्यवस्था कानून बमोजिम हुनेछ भन्ने स्थानमा अपाङ्गता भएका नागरिकहरुको समुदायबाट भनि अनिवार्य उल्लेख गर्नु पर्ने भन्ने माग राखिएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट गएको एक प्रतीनिधी मन्डलले दिएको ध्यानकर्षण सहितको ज्ञापनपत्र बुझ्दै अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अपाङ्गता भएका ब्यक्तिहरुले उठाएको सवाल र राजनीति भनेको माउ नीति हो यसमा अपाङ्गता भएका नागरिकको सवाल जसरी भएपनि अहिलेको भन्दा १ कदम माथी राख्ने र आफुले यस बिषयमा पुर्ण रुपमा पहल गर्ने प्रतिवपद्धता गर्नु भयो ।

हामी आषा गर्छौ कि युगान्तकारी परिवर्तनको नेतृत्व गरेको नेकपाएमाओबादी पार्टिले अपाङ्गता भएका नागरिकहरुको अधिकारलाई विर्सने र कुल्चिने कार्य गर्ने छैनन् ।

धन्यवाद ।

केहि तस्बिरहरू:

Shudarson Subedi reading the demand letter to Prachanda
राष्ट्रिय अपाङ्ग महासँघ नेपालका अध्यक्ष सुदर्शन सुबेदी पुष्पकमल दाहाल प्रचण्ड लाई अपाङ्गता भएका व्यक्तिहरूका माग पढेर सुनाउँदै

Group photo with Prachanda after meeting
भेटघाट पछि प्रचण्ड सग सामुहिक तस्बिर खिचाउँदै अपाङ्ग अधिकारकर्मीहरू

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.