Accessibility Options


Skip to Navigation Skip to Content
Jul 2, 2015

प्रेस वक्तव्य: राजनीतिक अधिकारकालागी धर्ना तथा दवाव र्‍याली सम्पन्न


People with disabilities showing a mass rally demanding political rights in constitution
तस्बिर: अपाङ्गता भएका व्यक्तिहरू संविधानमा राजनैतिक अधिकारको सुनिश्चताका लागी धर्ना कार्यक्रममा

प्रेस बिज्ञप्ति

१७ असार २०७२

काठमाण्डौ

 

बिषय : राजनीतिक अधिकारकालागी धर्ना तथा दवाव र्‍याली सम्पन्न ।

अहिले देश परिवर्तनको मोडमा निरन्तर लम्किरेहेको छ । निकै समयको प्रयासपछी राजनीतिक दलहरु अहिले एउटै थलोमा बसि नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा ल्याउनु अत्यन्त खुसीको कुरा हो । यस मस्यौदामा अपाङ्गता भएका समुदायको सवाल केही प्रगतिशिल रुपमा समावेश भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल राजनीतिक दल संविधानसभा सबै सरोकारवाला र सभासदहरुलाई हार्दिक धन्यवाद ।

यति हुदा हुदै पनि लोकतान्त्रिक आन्दोलनका हामी सकृय सहयात्री अपाङ्गता भएका नागरिकको राजनीतिक अधिकारलई दलहरुले पुर्ण रुपमा बेवास्ता गरि मस्यौदा जारी गरेकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल समग्र अपाङ्गता भएका नागरिकहरुको तर्फबाट गहिरो दुख र खेद प्रकट गर्दछ । सदियौ देखी पाखा पारिएका अपाङ्गता भएका नागरिकको सवालाई यसरी पुरै बेवास्ता गरि पाखा लागाउनु यो दुखदायी कुरा हो ।

यस बिषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सवै दलहरुलाई पटक पटक अनुरोध गर्दा पनि कुनै ध्यन नदिएको कारणले गर्दा महासंघ आन्दोलनमा जान बाध्य भएको छ । सरकार दल र संविधान सभा सभासदहलाई दवाव दिने हेतुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आज बबरमहल चोकमा धर्नादिई धर्नामा सहभागीसवैको सहभागीतामा बिरोध र्याली गरि बिजुली बजारमा र्याली कोणसभामा परिणत भई कार्यक्रम सम्पन्न भयो ।

महासंघ हाम्रा निम्न मागहरु संवोधन गर्न आमसंचारमाध्यमबाट सवै सरोकारवालाहरुलाई अनुरोध गर्दछ ।

1. केन्द्रिय प्रतिनिधीसभामा समानुपातिक सिटको लागी भनि छुट्याईएको ४० प्रतिशत मध्ये अपाङ्गता भएका ब्यक्तिहरुको लागी ५ प्रतिशत आरक्षण गरि राष्ट्रिय सभा र प्रान्तिय प्रतिनिधी सभामा समेत सोही अनुपातमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता अनिवार्य रुपमा हुनेगरि नयाँ सम्विधानमा सुनिश्चितता गर्नु पर्ने ।

2. आरक्षण भित्रको आरक्षणको सिद्धान्त अनुसार बिभिन्न समिमान्तकृत बर्गको उल्लेख गर्दा जनजाती,महिला दलित, मधेशी, अल्पसंख्यक आदि उल्लेख गर्दा अपाङ्गता भएका ब्यक्ति भनि अनिवार्य रुपमा नयाँ सम्विधानमा उल्लेख गरि प्रतिनिधित्वको सुनिश्चिता गराउनु पर्ने ।

3. २०६२/२०६३ सालको जनआन्दोलन भाग २, मधेश र आदीवासी जनजाती आन्दोलनको मुल मर्म भनेको पछाडी पारिएका बर्गहरुलाइ अगाडी ल्याउन समावेशी र समानुपातिक सिद्धान्त राज्यले अनिवार्य अवलम्वन गर्न स्विकार गरिसकेको अवस्था हो त्यसैले राज्य पुनर्संरचनाका हरेका अंग साशकिय स्वरुप वा राज्यका प्रदेश बिभाजन हुदा अपाङ्गता भएका नागरिकहरुलाइ अनिवार्य समावेशी, आरक्षण र समानुपनितक सहभागीताको सूचिमा राख्न नयाँ संविधानमा ब्यवस्था गरियोस ।

हाम्रा यी मागहरु सम्वोधन हुन नसकेमा महासंघ अफ्ना राजनीतिक अधिकारकालागी देशभरी आन्दोलन गर्ने घोषणा गर्दछ यसबाट कुनै क्षतिहुन गएमा यसको जिम्वेवार राजनीति दल सरकार र संविधानसभा सदस्य हुनु पर्ने छ ।

धन्यवाद ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.