Accessibility Options


Skip to Navigation Skip to Content
Jun 29, 2015

प्रेस बक्तव्य: नयाँ सम्विधानमा अपाङ्गता भएका नागरिकहरुको सवाल समावेशकालागी हस्ताक्षर तथा ज्ञापनपत्र हस्तान्तरण


प्रेस बिज्ञप्ति

१४ असार २०७२

काठमाण्डौ

आदरणीय संचारकर्मिहरु ज्यु ।

बिषय : नयाँ सम्विधानमा अपाङ्गता भएका नागरिकहरुको सवाल समावेशकालागी हस्ताक्षर तथा ज्ञापनपत्र हस्तान्तरण ।

अपाङ्गता भएका नागरिक समाजमा सवै भन्दा पछाडी परेका नागरिक हुन् कुरामा सायदै कसैको पनि दुई मत नहोला । राज्यका हरेक परिवर्तकाकारी आन्दोलनमा अपाङ्गता भएका नागरिकहरुको सकृय सभागीता रहेको कहि कतै छिपेको छैन । नेपालमा कुल जनसंख्याको करिव ३० लाखको संख्यामा रहेका अपाङ्गता भएका नागरिकहरु पनि राष्ट्रका सकृय नागरिकको रुपमा आफ्नो शिप ज्ञान क्षमता प्रयोग गरि राष्ट्र निर्माणमा योगदान गर्न लालाहित छन् ।

देश अहिले परिवर्तनको मोडमा निरन्तर लागि रहेको छ नेपाली जनताले ब्यग्रतापुर्वक प्रतिक्षा गरेको नयाँ सम्विधान निर्माण हुदैछ तर संविधानमा सवैभन्दा महत्वपुर्ण पक्ष रहेको राजनीतिक अधिकारबाट अपाङ्गता भएका नागरिकहरुलाई पुर्ण रुपमा बेवास्ता गरि नयाँ संविधान प्रारुप तयार हुनु अत्यन्तै दुखदायी कुरा हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बिगतमा संविधान सभामा आफ्नो प्रतिनिधित्वकोलागी ४३ दिनसम्म सडक आन्दोलन र ११ दिने रिले अनसन पछी नेपाल सरकारसंग गरेको सम्झौता पश्चात आन्दोलन स्थगित गरेको थियो तर दल र सरकारले धोका दिएको कारणले हाम्रो प्रतिनिधित्व संबिधानसभामा हुन सकेन ।

नयाँ संबिधानमा अपाङ्गता भएका ब्यक्तिहरुको सवालको सम्वन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा नेकपा एमाओबादीका अध्यक्ष श्री पुष्पकमल दहाल, सोही दलका उपाध्यक्ष डा. बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका संयोजक श्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका उपाध्यक्ष क्रमश बामदेब गौतमर र बिधा भण्डारी लाई स्मरण पत्र दिदै नयाँ संविधानमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल र समावेशीकरणका संवन्धमा पुन स्मरण गराएको थियो ।

आजै राष्ट्रिय अपाङ्ग महांघ नेपाल महासंघका सदस्य संस्थाहरु र बिभिन्न दलमा आवद्ध आवद्ध भातृसठको समेत सहभागीतामा सम्माननिय सभामुख श्री सवासचन्द्र नेवाड. लाई भेटी हस्ताक्षर संकलन गरेको हस्ताक्षर बुझायो । हस्ताक्षर लिदै सभामुख सुवासचन्द्र नेवाड.ले अपाङ्गताअ भएका नागरिकको समुदायलाई समाजमा अगाडि ल्याउन र राष्ट्रमा उत्पादनशिल नागरिकको रुपमा स्थापित गराउन आफुले सकृय भूमिका खेल्दै नयाँ संविधानमा अपाङ्गता भएका नागरिकहरुको राजनीतिक तथा पित गराउन आफुले सकृय भूमिका खेल्दै नयाँ संविधानमा अपाङ्गता भएका नागरिकहरुको राजनीतिक लगायतका अधिकारहरु सम्मानित रुपमा संवोधन गर्ने प्रतिवद्धत गर्नु भयो । महासंघले उठाएका सवालहरु निम्न अनुसार रहेका छन् ।

1. केन्द्रिय प्रतिनिधीसभामा समानुपातिक सिटको लागी भनि छुट्याईएको ४० प्रतिशत मध्ये अपाङ्गता भएका ब्यक्तिहरुको लागी ५ प्रतिशत आरक्षण गरि राष्ट्रिय सभा र प्रान्तिय प्रतिनिधी सभामा समेत सोही अनुपातमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता अनिवार्य रुपमा हुनेगरि नयाँ सम्विधानमा सुनिश्चितता गर्नु पर्ने ।

2. आरक्षण भित्रको आरक्षणको सिद्धान्त अनुसार बिभिन्न समिमान्तकृत बर्गको उल्लेख गर्दा जनजाती,महिला दलित, मधेशी, अल्पसंख्यक आदि उल्लेख गर्दा अपाङ्गता भएका ब्यक्ति भनि अनिवार्य रुपमा नयाँ सम्विधानमा उल्लेख गरि प्रतिनिधित्वको सुनिश्चिता गराउनु पर्ने ।

3. २०६२/२०६३ सालको जनआन्दोलन भाग २,मधेश र आदीवासी जनजाती आन्दोलनको मुल मर्म भनेको पछाडी पारिएका बर्गहरुलाइ अगाडी ल्याउन समावेशी र समानुपातिक सिद्धान्त राज्यले अनिवार्य अवलम्वन गर्न स्विकार गरिसकेको अवस्था हो त्यसैले राज्य पुनर्संरचनाका हरेका अंग साशकिय स्वरुप वा राज्यका प्रदेश बिभाजन हुदा अपाङ्गता भएका नागरिकहरुलाइ अनिवार्य समावेशी, आरक्षण र समानुपनितक सहभागीताको सूचिमा राख्न नयाँ संविधानमा ब्यवस्था गरियोस ।

हामी आषा गरौ हाम्रा मगहरुलाई सरकार दल सवै सरोकारवालाहरुले बेवास्ता गर्ने छैनन् ।

धन्यवाद ।

केहि तस्बिरहरू:

With the Speaker of Constituent after submitting the appeal letter

अपाङ्गता भएका व्यक्त्तिहरूको अधिकारको सवालको बारेमा सभामुखलाई ज्ञापन पत्र बुझाईसकेपछि सामुहिक तस्बिर खिचाउँदै अपाङ्ग अधिकारकर्मीहरू

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.