Accessibility Options


Skip to Navigation Skip to Content
May 27, 2015

भुकम्प पिडित अपाङ्गता भएको व्यक्तिहरूको तथ्य संकलन बारे स्पस्ट पारिएको


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले भूकम्पको कारणले ज्यान गुमाउन पगेका र विभिन्न तहको क्षति वेहोर्न पुगेका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क र सूचनाहरू सङ्कलन गरिरहेको सबैलाई जानकारी नै छ । पिडीत वा प्रभावित व्यक्तिहरूले तथ्याङ्क के को लागि र किन लिइएको हो भन्नेवारेमा चासो दिनु पनि स्वभाविक र जायज नै छ । साथै तथ्याङ्क र सूचना दिइसकेपछि केहि राहत पाइहालिन्छ कि भनेर आश गर्नु पनि अन्यथा होइन । तर महासंघको हकमा यसले तथ्याङ्क सङ्कलन गर्नुका पछाडी देहायबमोजिक कारणहरू रहेको कुरा स्पष्ट गराउँदै सबैलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
१ . महासंघले हाल वितरण भैरहेका राहतका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुगेको छ कि छैन भनेर नजिकबाट हेरिरहेको छ र यस विषयमा सरकारका विभिन्न निकायहरूसँग पैरवी गरिरहेको छ । यसको लागि जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था के छ भनेर थाहा पाउनु जरूरी भएको हुनाले तथ्याङ्कको आवश्यकता परेको हो । प्राप्त तथ्याङ्क र सूचनाको आधारमा महासंघले राहत नपाएका अपाङ्गता भएका व्यक्तिहरूलाई राहत प्राप्त गर्न सहयोग र समन्वय गर्न सक्छ ।
२. जहाँ जहाँ अपाङ्गता भएका व्यक्तिहरूमाथि विभेद भएको छ त्यस्तो ठाउँको सहि तथ्याङ्क र सूचना पाउन सकेको खण्डमा महासंघले सम्बन्धित निकायमा छिटो भन्दा छिटो दवाव दिन सक्छ र यस्ता विषयहरूलाइ क्लष्टर बैठकहरूमा उठाउन पाउँछ ।
३. महासंघले राहत पाउँदै नपाएका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सरोकारवाला निकायसँग समन्वय गरि राहत समेत सङ्कलन गरेर पठाउँदै आएको हुनाले सहि तथ्याङ्क चाँडो भन्दा चाँडो उपलब्ध भएको खण्डमा राहत पठाउन पनि सहज हुनेछ ।
४. भोलीका दिनहरूमा पुनर्स्थापना र पुननिर्माणका कामहरू हुँदा यदि हामीसँग भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका सम्बोधन गर्नुपर्ने आवश्यकताको वारेमा सहि सूचना प्राप्त हुन सकेन भने अपाङ्गता भएका व्यक्तिहरू त्यस चरणमा पछाडी पर्न सक्ने सम्भावनालाई ध्यानमा राखि अहिलेदेखिनै यो सूचना सङ्कलन गर्न थालिएको हो ।
५. सहि र पर्याप्त सूचनाहरू पाएको खण्डमा हामी भोलि पुननिर्माणका लागि वन्ने योजनाहरूमा अपाङ्गताको परिप्रेक्षबाट प्रभावकारी हस्तक्षेप गर्न सक्षम हुनेछौँ ।

तसर्थ भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको वारेमा जो सँग जे जस्ता सूचनाहरु छन त्यसलाई एकिकृत गरौँ । तपाँइहरूलै उपलब्ध गराएको सूचनामा तपाँहरुलाइ नै स्रोतको रूपमा उल्लेख गर्नेछौँ । यो एउटा एकिकृत सूचनाको अभ्यास पनि हो जसले हामीलाइ भोलिका दिनमा यहि एकिकृत सूचनाको आधारमा प्रभावकारी हस्तक्षेप गर्न मद्दत पुग्नेछ । तसर्थ हामी सबै व्यक्ति संस्था र सरोकारवाला निकायहरूसँग यस अभ्यासमा सघाउन अनुरोध गर्दछौँ । आफूसँग भएको सूचना उपलब्ध गराउन admministration.nfdn2013@gmail.com लाई उपयोग गर्नुहोला ।

धन्यवाद

राष्ट्रिय अपाङ्ग महास‌ंघ
आकस्मिक प्रतिकार्य डेस्क
काठमाडौँ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.