Accessibility Options


Skip to Navigation Skip to Content
May 20, 2015

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको अतयन्त जरूरी अपिल


Appeal about including people with disabilities in releif and rehabilitation

 

Download this Appeal Brochure in PDF Format

विपद्को वेलामा र विपद् पश्चातका अवस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरू विभिन्न कारणले बढि जोखिममा परेका हुन्छन् । त्यसैले राहत तथा पुनर्स्थापनाका वेलामा उनीहरू तथा उनीहरूका विशेष आवश्यकताहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु जरूरी छ । यसका लागी:

- कुनै निश्चित स्थानमा राहत वितरण गर्दा सो स्थानमा अपाङ्गता भएका व्यक्ति कति संख्यामा रहेका छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । यो कुरा सम्बन्धित वडाको वडा नागरिक मञ्च वा सम्बन्धित जिल्लामा अपाङ्गता क्षेत्रमा काम गरिरहेको संस्थाका प्रतिनिधि वा महिला तथा बालबालिका कार्यालय वा सो सवालमा काम गरिरहेका अन्य सरोकारवालाहरू सँग समन्वय गरेर लिन सकिन्छ ।
- राहत वितरण गर्न स्थान छनौट गर्दा अपाङ्गता भएका व्यक्तिहरू सहजै सहभागी हुन सक्ने स्थानमा गर्नुपर्छ ।
- राहत वितरणको कामलाई भिडभाड र असंगठित हुन नदिने र अपाङ्गता भएका व्यक्ति नछुटुन भन्ने सुनिश्चित गर्न पहिले उनीहरू स्वयम वा उपस्थित उनीहरूका परिवारका सदस्यहरूलाई वितरण गर्नुपर्छ।
- सेल्टरहरू बनाउँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज हुनेगरि वनाउने र अस्थाई सौचालय अपाङ्गता मैत्री बनाउनुपर्छ।
- असाध्यै गम्भीर अपाङ्गता भएका व्यक्तिहरूलाई निरन्तर रूपमा घर परिवारको सेवा र स्यहार चाहिरहने हुनाले उनीहरूका परिवारका सदस्य धेरै टाढा राहत लिन जान नसक्ने हुन सक्छन र उनीहरूलाई सँधै अरूले सहयोग नगर्न पनि सक्छ । त्यसैले यस्तो अवस्थाका मानिसहरू पत्ता लगाइ राहत सामग्री उनीहरू बसेको स्थानमानै पुर्याउने वन्दोवस्त मिलाउनु पर्छ।
- आमा वावु गुमाएर वेवारिसे अवस्थामा रहेका अपाङ्गता भएका वालवालिकाहरूलाइ तत्काल सुरक्षित ठाँउ र रेखदेखको व्यवस्था गर्ने र उनीहरूलाई पुनर्स्थापनाको चरणमा प्रवेश नगरूञ्जेल नियमित राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ।
- सेल्टर वा समुहमा वस्दा अपाङ्गता भएका बालबालिकावमाथि दुर्व्यवहार यौन शोषण, यौन हिंसाहरू हुने सम्भावनालाइ मध्यनजर गरि आवश्यक सुरक्षाको व्यवस्था गर्नुपर्छ।
- भुकम्पको कारणले धेरै अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना सहायक सामग्रीहरू जस्तै ह्वीलचियर, वैशाखी, सेतो छडी, सुन्ने यन्त्र आदि गुमाएका छन् । तसर्थ राहत समाग्री अन्तर्गत यस्ता विषयहरूलाई पनि समावेश गरिनुपर्छ ।
- मेरूदण्ड पक्षघात भएका अपाङ्गता भएका व्यक्तिहरूको लागि क्याथेटर र डाइपर जस्ता कुरा र महिलाहरूका लागि स्यानिटरी प्याडको आवश्यकता पर्ने हुनाले यस्ता विशेष आवश्यकताहरूलाई राहत सेवामा समावेश गर्नुपर्छ ।
- भूकम्पको कारणले धेरै अपाङ्गता भएका व्यक्तिहरूले आफूले नियमित सेवन गर्नुपर्ने औषधिहरूबाट बञ्चित भैरहनु परेको छ । तसर्थ यस्तो अवस्थामा रहेका व्यक्तिहरूको खोजी गरि तत्काल औषधीको व्यवस्था गरिदिनुपर्छ ।
- आफ्नो परिवारका सदस्यहरूसँग मात्र वसिरहेका बौद्धिक अपाङ्गता भएका व्यक्ति/बालबालिका वा अटिजम प्रभावित बालबालिका वा मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई भूकम्प पश्चात ठूलो समुहमा वा अन्य मानिसहरू सहितको समुहमा सेल्टरमा रहन असहज हुन सक्छ । तसर्थ सेल्टरमा पनि उनीहरूलाई आफ्नो परिवारसँग मात्र वस्न पाउने व्यवस्था मिलाउनु पर्छ ।
- वस्न वा सुत्न र दैनिक कृयाकलापहरू गर्न सहयोगी वा उपयुक्त अनुकुलताको आवश्यकता पर्ने गम्भीर अपाङ्गता भएका व्यक्तिहरूलाई सेल्टरमा सकेसम्म यस्तो व्यवस्था मिलाउने प्रयास गर्नुपर्छ ।
- भुकम्प प्रभावित बहिरा व्यक्तिहरूको लागि राहत सामग्री वितरण लगायत विभिन्न सहयोगहरू उपलब्ध गराउँदा साङ्केतकि भाषा दोभाषेको व्यवस्था गर्नुपर्छ ।
- सबै पुनर्स्थापनाका कार्यक्रमहरू अपाङ्गता समावेशी हुनुपर्छ र पुनर्स्थापनाका कार्यक्रमहरू निर्माण गर्दा वा कार्यान्वयनको योजना बनाउँदा अपाङ्गता भएका व्यक्ति वा तिनका प्रतिनिधिहरूको सहभागिता गरिनुपर्छ र यसको संयुक्त अनुगमनको व्यवस्था गरिनुपर्छ ।
भुकम्पले उत्पन्न गरेको त्रासको कारणले मनोसामाजिक समस्यामा रहेका अपाङ्गता भएका बालबालिका/व्यक्ति वा माथि उल्लेखित समुहमा पर्ने सबै मानिसहरूलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
आकस्मिक प्रतिकार्य डेस्क
भृकुटिमण्डप, काठमाडौँ
फोन: ०१४२३११५९, ०१४४६४०५८
ईमेल: admministration.nfdn2013@gmail.com, shudarsons@gmail.com

वेबसाईट: www.nfdn.org.np

Download this Appeal Brochure in PDF Format

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.