Accessibility Options


Skip to Navigation Skip to Content
Mar 26, 2015

संस्था नवीकरण गर्न सार्वजनिक सूचना जारी गरिएको सम्बन्धमा


मिति : २०७१ चैत्र १२ गते

 सूचना । सूचना ।। सूचना ।।।

संस्था नवीकरण गर्न सार्वजनिक सूचना जारी गरिएको सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध भएका सम्पूर्ण सदस्य संस्थाहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० को (चौथो संशोधन २०७१) को दफा ९ मा सदस्यताको नविकरण व्यवस्था भएको र सोही विधानको दफा ९ को दफा घ मा चालु आर्थिक बर्षको पुस मसान्त भित्रमा नविकरण गरिसक्नु पर्नेछ । तर दुर्गम वा हिमाली क्षेत्रका सदस्यहरुको हकमा चालु आ. व.को चैत्र मसान्त भित्रमा नविकरण गरिसक्नु पर्नेछ । भन्ने उल्लेख भएको हुनाले निर्धारित समय भित्र आर्थिक वर्ष २०७१ साल चैत्र मसान्तसम्म अनिवार्य यहाँको संस्था नवीकरण गर्न हार्दिक अनुरोध सहित यो पत्र पठाइएको छ ।

नवीकरण गर्दा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० को (चौथो संशोधन २०७१) को धारा ९ अनुसार तपसिलका आवश्यक पर्ने कागजातहरु अनिवार्य उपलव्ध गराउनु हुन समेत अनुरोध गरिन्छ ।

संस्था नविकरणका लागि आवश्यक कागजातहरु

  • महासंघमा नविकरण गर्ने आ.व.मा सम्वन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा नविकरण गरिएको प्रमाणपत्र ।
  • गत आ.व.को संस्थाको लेखापरिक्षण तथा प्रगति प्रतिवेदन ।
  •  नियमित नविकरण भएका सदस्य संस्थाहरुले वार्षिक नविकरण शुल्क बापत रु. ५००/- बुझाउनु पर्ने र नियमित नविकरण नभएका संस्थाहरुले वार्षिक नविकरण शुल्क र विधान बमोजिम जरिवाना समेत बुझाउनु पर्नेछ ।

………………

टीका दाहाल

महासचिव


(हस्ताक्षर गरिएको सुचना डाउनलोड गर्न यहाँ थिच्नुहोस्।)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.