Accessibility Options


Skip to Navigation Skip to Content
Dec 14, 2016

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १७औँ बार्षिक साधारणसभा सम्पन्न


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गत मंसिर २८ गते (13 December, 2016) आफ्नो १७औँ वार्षिक साधारणसभा सम्पन्न गर्‍यो । देशभरीबाट महासंघमा नविकरण भएका कुल २७८ सदस्य संस्थाहरूमध्ये २३८ सदस्य संस्थाको उपस्थितिमा काठमाडौको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको DECC मा आयोजना गरिएको उक्त साधारणसभाको अध्यक्षता तथा सञ्चालन राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष श्री सुदर्शन सुवेदीले गर्नुभयो ।

AGM of NFDN (NFDN Members)

साधारणसभामा आर्थिक वर्ष २०७२/०७३ को बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०७३/०७४ को लागि कार्यक्रम, आर्थिक वर्ष २०७३/०७४ को लागि लेखापरीक्षकको नियुक्ति र १८ महिने राष्ट्रिय पैरवी अभियान सम्बन्धि प्रस्ताव र विषयहरूमा छलफल गरिएको थियो ।  महासंघका केन्द्रीय महासचिव श्री राजु वस्नेतले २०७२/०७३ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष श्री कुमार रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Participants of NFDN AGM

प्रस्तुत प्रतिवेदनहरू समान्य छलफल पश्चात सर्वसम्मतबाट पारित गरियो । साधारण सभाले आर्थिक वर्ष २०७३/०७४ को लागि लेखा परीक्षक नियुक्ति गर्नुकका साथै  महासचिवले प्रस्तुत गरेको २०७३/०७४ को कार्यक्रम तथा अनुमानित बजेट, राष्ट्रिय मानवअधिकार महाभेलाले पास गरेको काठमाडौ घोषणापत्र र १८ महिने राष्ट्रव्यापी पैरवी अभियानको प्रारम्भिक खाकालाइ पनि अनुमोदन गर्यो ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.