Accessibility Options


Skip to Navigation Skip to Content
Jan 22, 2015

अपाङ्गता भएका व्यक्तिको मतदानको अधिकार सुनिश्चितताको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने सम्बन्धी सूचना


 श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सदस्य संस्था, क्षेत्रीय कार्यालय तथा जिल्ला कार्य समितिहरू

 

विषय : अपाङ्गता भएका व्यक्तिको मतदानको अधिकार सुनिश्चितताको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने सम्बन्धी सूचना

यही मिति २०७१/१०/१५ गतेदेखि निर्वाचन आयोग नेपालले आमजनतालाई समेट्ने गरी गाउँ विकास समिति/नगरपालिका तथा वडास्तरमा बृह्त रूपमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । यस कार्यक्रममा यसअघि सङ्कलन भइसकेको नामावलीमा रहेका त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबी विरोध गर्ने, नयाँ नाम थप गर्ने लगायतका कार्यहरू पनि गरिन्छ । निर्वाचनमा मत दिनको लागि फोटोसहितको मतदाता नामावलीमा अनिवार्य रूपमा नाम दर्ता हुनु पर्ने प्रावधान रहेको छ । 

अपाङ्गता भएका व्यक्ति मतदान नामावली दर्ता गर्दै

तस्बिरः अपाङ्गता भएका व्यक्ति मतदान नामावली दर्ताको प्रकिया को लागी तस्बिर खिचाउँदै।
 
 अशक्तताका कारण नाम दर्ता गराउन छुट्नु भएका अपाङ्गता भएका व्यक्तिहरूको लागि घर दैलोमा समेत पुगेर नाम दर्ता गराउने प्रतिवद्धता निर्वाचन आयोगले गरेको हुँदा, आफ्नो राजनैतिक अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न यस अवसरको सक्दो उपयोग गर्न यस सँग सम्बन्धित आवश्यक जानकारी गा.वि.स.  र स्वावलम्बन समूह स्तर सम्म पुर्याउन यस सूचना मार्फत जानकारी तथा अनुरोध गरिन्छ । यसका साथै, प्रत्येक जिल्लामा निर्वाचन कार्यालय मार्फत निर्वाचन व्यवस्थापन सम्बन्धी तालिमहरू पनि सञ्चालन हुन गर्इरहेको हुनाले उक्त तालिममा जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गरी सहभागी हुन समेत जानकारी गराइन्छ ।
 
थप जानकारीका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको परियोजना कार्यालयको फोन नं ०१४४६४०५८ वा भृकुटीमण्डप स्थित कार्यालयको फोन नं ०१४२३११५९ मा सम्पर्क राख्नहुन अनुरोध गरिन्छ ।
 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.