Accessibility Options


Skip to Navigation Skip to Content

पारओलम्पिक खेलकुद (Paralympic Sports)


सुविधा :

अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण र विकासका लागि पारा ओलम्पिक खेलकुद तथा विशेष खेलकुदहरूको आयोजना गर्ने व्यवस्था गरिएको छ ।

सुविधाको हकदार :

नेपाल सरकारको परिभाषा तथा वर्गीकरणअन्तर्गत पर्ने अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने निकाय :

- केन्द्रीय निकाय : राष्ट्रिय खेलकुद परिषद्
- स्थानीय निकाय : जिल्ला खेलकुद विकास समितिहरू
- राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लाका शिक्षा कार्यालयमार्फत् पनि अपाङ्गता भएका बालबालिकाका लागि विशेष खेलकुदको आयोजना गर्ने गरेको छ ।
- अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरू सञ्चालन गर्ने स्थानीय गैरसरकारी संस्थाहरू (यस्ता केही संघसंस्थाहरूको नामावली अनुसूची ५ मा उल्लेख गरिएको छ ।)

सुविधा प्राप्त गर्ने प्रक्रिया :

जिल्लामा हुने यस्ता आयोजनामा हकवालाहरू सहभागी हुने वा सहभागी गराउने ।

सुविधा प्रप्त गर्ने आधार

क) खेलकुद विकास ऐन, २०४८ को दफा १० को बुँदा नं. (ड) : विभिन्न कारणले शारीरिक तथा मानसिकरूपमा विकलाङ्ग हुन पुगेका अपाङ्गहरूको खेलकुदको विकास गर्न तालिम तथा प्रतियोगिता सञ्चालनको व्यवस्था गर्ने र आवश्यकताअनुसार त्यस्तो खेलकुदको महत्वका सम्बन्धमा प्रचारप्रसार गर्ने, गराउने ।
ख) खेलकुद विकास नियम, २०४९ को परिच्छेद २ को नियम ३ को बुँदा नं. ठ : अपाङ्ग तथा सुस्त मन: िस्थतिका लागि पनि उपयुक्त खेलकुद आयोजना गराउने ।

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.