Accessibility Options


Skip to Navigation Skip to Content

निशुल्क उच्च शिक्षाको व्यवस्था (कानुनद्वारा व्यवस्था गरिएको) [Free Higher Education]


सुविधा :

कानुनका आधारमा अपाङ्गता भएका व्यक्तिहरूले निशुँल्क उच्च शिक्षा हासिल गर्न पाउने व्यवस्था छ ।

सुविधाका हकदार :

नेपाल सरकारद्वारा गरिएको अपाङ्गताको परिभाषा र वर्गीकरणअन्तर्गत पर्ने उच्च शिक्षाका लागि योग्यता पुगेका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्राप्त गर्ने ठाउँ/निकाय -

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू ।

सुविधा प्राप्त गर्ने प्रक्रिया :

आफूले प्राप्त गरेकोअपाङ्गता परिचयपत्रको प्रतिलिपिसहित नि:शुल्क अध्ययनका लागि आफूले अध्ययन गर्न चाहेको क्याम्पस प्रशासनमा आवेदन दिने वा क्याम्पस प्रशासनले आवेदनको लागि कुनै ढाँचा वा प्रकृया तोकेको भएमा सोहि अनुसार गर्ने ।

सुविधा प्राप्त गर्ने कानुनी तथा नीतिगत आधार

क) अपाङ्ग संरक्षण तथा कल्याण ऐनको दफा ६ को उपदफा १ : “कुनै अपाङ्गले शिक्षा प्राप्त गर्नका लागि कुनै शिक्षण संस्थामा भर्ना हुने भएमा निजलाई त्यस्तो शिक्षण संस्थामा शुल्क लिइने छैन ।”

ख) २०६० साल कात्तिक २८ गते कामनपा वडा नं. ३२ बस्ने सुदर्शन सुवेदी र ललितपुर जिल्ला हरिसिद्धि गाविस – ५ बस्ने बाबुकृष्ण महर्जनले अपाङ्गता भएका व्यक्तिहरूका लागि ऐनमा भएको नि:शुल्क शिक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गराउन सर्वोच्च अदालतमा दिएको रिटको पक्षमा सम्मानित सर्वोच्च अदालतले गरेको फैसला ।

फैसलाको महत्वपूर्ण अंश : (...... ....... ......तसर्थ अन्धा, अपाङ्ग, बहिरा तथा सुस्त मन: िस्थति भएका व्यक्तिहरूलाई नेपाल अधिराज्यभरिका सम्पूर्ण सार्वजनिक विद्यालय, विश्वविद्यालय तथा तालिम केन्द्रहरूमा नि:शुल्क भर्ना गरी गराई निजहरूबाट भर्ना भएपछि कुनै पनि किसिमको सेवा शुल्क नलिनु, लिन नलगाउनु भनी विपक्षीहरूका नाउँमा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ............)

ग) अदालतको फैसलाको सम्मान गर्दै त्रिभुवन विश्वविद्यालय, रजिस्ट्रारको कार्यालय, सामान्य प्रशासन महाशाखाले मिति २०५९/१२/०४ मा आˆना देशभरिका आङ्गिक क्याम्पसहरूलाई सोहीअनुसार गर्नेगराउने निर्देशनसहित जारी गरेको परिपत्र । यो परिपत्र यहाँ पढ्न र डाउनलोड गर्न सकिन्छ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.