Accessibility Options


Skip to Navigation Skip to Content
Nov 30, 2016

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तराष्ट्रिय दिवस को नारामा उल्लेख भएका दिगो विकासका १७ लक्ष्यहरू


अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन १९९२ मा डिसेम्वर ३ लाई अन्तराष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो र हालसम्म विश्वभर यस दिन विभिन्न कार्यक्रमहरू गरि यो दिवस मनाइन्छ ।

विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन १९७६ मा संयुक्त राष्ट्रसंघले सन १९८१ लाई "पूर्ण सहभागिता र समता" भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्‍यो । सन १९८३ मा राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुनर्स्थापना र रोकथाम मा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्ययोजना पारित गरी लागू गर्यो र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो । सन १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्ययोजनाको कार्यान्वयन र उपलब्धीहरूको समिक्षा गर्दै सोहि वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । हरेक वर्ष यो दिवस एउटा मुल अन्तर्राष्ट्रिय नारा (Theme of the year) का साथ मनाउने गरिन्छ । नेपालमा पनि सन १९९३ देखि विभिन्न कार्यक्रमहरू गर्दै यो दिवस हरेक वर्ष मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघले यस वर्षको लागि दिगो विकासका १७ वटा लक्षहरूमा अपाङ्गताको सवालको समावेशीकरणलाई मुख्य रूपमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवसको नारा तय गरेको छ । यस वर्षको नारा अंग्रेजीमा "Achieving 17 goals for the future we want" रहेको छ भने यसलाई नेपालीमा "हासिल गरौँ दिगो विकासका १७ लक्ष, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य" भनि अनुवाद गरिएको छ ।

Poster for IDPD 2016

समग्र विश्वको समतामुलक विकासका लागि संयुक्त राष्ट्रसंघले विभिन्न दीर्घकालिन कार्ययोजना र रणनीतिहरू लागू गर्दै आएको छ । यसै क्रममा सहस्राब्दी विकास लक्षकोहरूको कार्यान्वयन पश्चात विश्वको दिगो विकासको लागि सन २०१५ को सेप्टेम्बर २५ मा राष्ट्रसंघले सन २०३० सम्ममा हासिल गर्न १७ वटा दिगो विकासका लक्षहरू तय गरेको छ । दिगो विकासका १७ वटा लक्षहरू मध्ये ५ वटा लक्षहरू यस्ता छन जसमा अपाङ्गतालाई विशेग रूपमा सम्बोधन गरिएको छ भने वाँकी १२ वटा लक्षहरूमा पनि अपाङ्गता भएका व्यक्तिका सवालहरूले निकै महत्व राख्दछन् । विश्वव्यापी विकासका विभिन्न लक्षहरूमा अपाङ्गताका सवालहरूलाई प्रत्यक्षरूपमा सम्बोधन गरिएको यो सम्भवत: पहिलो पटक हो । यसरि हेर्दा दिगो विकासका १७ वटै लक्षहरूले अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सवालसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्छन् ।

सन २०३० सम्ममा हासिल गरिने दिगो विकासका १७ वटा लक्षहरू देहायबमोजिम रहेका छन्

  • लक्ष १ : संसारभरि सबै प्रकारका गरीविको अन्त्य गर्ने
  • लक्ष २ : भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा हासिल गर्ने, पोषणमा सुधार गर्ने र दिगो कृषीलाई प्रवर्द्धन गर्ने ।
  • लक्ष ३ : स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरमा सबैका लागि हितकर जीवन प्रवर्द्धन गर्ने
  • लक्ष ४ : समावेशी र समतामुलक गुणस्तरीय शिक्षा र सबैका लागि जीवनपर्यन्त सिकाईका अवसरहरूलाई सुनिश्चित गर्ने
  • लक्ष ५ : लैङ्गिक समानता हासिल गर्ने र सबै महिला र किशोरीहरूको सशक्तिकरण गर्ने
  • लक्ष ६ : सबैका लागि पिउने पानी तथा सरसफाई र यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने
  • लक्ष ७ : धान्न सक्ने, विश्वासिलो, दिगो र आधुनिक उर्जामा सबैको पहुँच सुनिश्चित गर्ने ।
  • लक्ष ८ : सबैका लागि समावेशी, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने र उत्पादनमुलक रोजगारी र सम्मानपूर्ण कामलाई प्रवर्द्धन गर्ने ।
  • लक्ष ९ : बलियो पूर्वाधार निर्माण गर्ने, समावेशी र दिगो औद्योगिकरणलाई प्रवर्द्धन गर्ने र नविनतम आविश्कारहरूलाई बढावा दिने
  • लक्ष १० : देशभित्र र अन्य देशहरूसँको असामानता न्युनिकरण गर्ने ।
  • लक्ष ११ : सहर र मानव वस्तिहरूलाई समावेशी, सुरक्षित, बलियो र दिगो बनाउने ।
  • लक्ष १२ : दिगो उपभोग तथा उत्पादन ढाँचा सुनिश्चित गर्ने
  • लक्ष १३: जलवायू परिवर्तन र यसको असरसँग जुध्न तत्काल कदम चाल्ने
  • लक्ष १४ : दिगो विकासका लागि सामुन्द्रिक स्रोतहरूको संरक्षण र दिगो रूपमा उपयोग गर्ने
  • लक्ष १५ : स्थलीय पर्यावरण प्रणालीलाई संरक्षण, पुनप्राप्ती र प्रवर्द्धन गर्ने, वनजंगलको दिगो रूपमा व्यवस्थापन गर्ने, मरूभूमिकरणसँग जुध्ने, जमिनको गुणस्तरमा भएको गिरावट रोक्ने, जैविक विविधतामा भैरहेको नोक्सानी रोक्ने ।\
  • लक्ष १६ : दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाज निर्माण गर्ने, सबैलाई न्यायमा पहुँच स्थापित गर्ने र सबै तहमा प्रभावकारी, जवावदेही र समावेशी संस्थाको निर्माण गर्ने ।
  • लक्ष १७ : दिगो विकासको लागि कार्यान्वयनका साधनहरूलाई सवलिकरण गर्दै अन्तर्राष्ट्रिय साझेदारीलाई थप जोड दिने ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.